back
CTIZAN AD

अस्थायी खम्बामा किबी जोगाउनै कठिन भएपछि पालिकाद्धारा स्थायी खम्बा अनुदान दिने

वि.सं.२०८० जेठ २४ बुधवार

774 

shares

बलेवा । काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किबीका बिरुवा हुर्किरहेका छन् । चार वर्षअघि लगाएका बिरुवाले गत वर्षदेखि फल दिन थालेका हुन् ।

काठ र बाँसका अस्थायी खम्बामा हुर्किएका किबीका बिरुवाले पहिलो वर्ष फल्दा धान्न सकेनन् । गत वर्ष काठ र बाँसका खम्बा भाँचिएपछि बमबहादुरले फलामका खम्बाले बिरुवालाई आड दिने निधो गरे । उनले सोधखोज गर्दा फलामको खम्बा घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाए । अहिले बमबहादुर सिमेन्टको पक्की खम्बा बनाउने तयारीमा छन् ।

धम्जामा बमबहादुरलाई मात्रै यो समस्या परेको होइन । यहाँका अधिकांश किसानको पाखो बारीमा किबीका बिरुवा लगाइएका छन् । वनजङ्गल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन् । काठ र बाँसका खम्बा भाँचिन थालेपछि किसान मर्कामा छन् । “किबी लगाउँदा पक्की खम्बा नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै वर्ष फल्ने किबीलाई काठ र बाँसका खम्बा कामै नदिने रहेछन”, बमबहादुरले भने, “पक्की खम्बा नभए फेरिरहनुपर्ने रहेछ ।”

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ । व्यावसायिक रुपमा किबीखेती गर्ने किसानका लागि पक्की पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर विकले बताए । वडाले अबका तीन वर्षमा तीन हजार पाँच सय किबीका बिरुवाले फल दिनथाल्ने बताएको छ ।

“हाम्रो योजनाअनुसार चालु आर्थिक वर्षमै एक सय ८५ पक्की खम्बा किसानलाई अनुदानमा उपलब्ध गराउने कार्यक्रम छ”, वडाध्यक्ष विकले भने, “आवश्यकताअनुसार खम्बा उपलब्ध गराउँदै जान्छौँ ।” चिसो मौसम रहेको धम्जामा किबी र दाँते ओखर राम्रो फल्ने गरेको छ । किबी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यावसायिक खेतीमा लगाइने विकले बताए । अहिले पनि यहाँका किसानले किबीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन् ।

किबीको उत्पादन वृद्धिसँगै बजारीकरणको योजना वडासँग छ । फलको स्तरीकरण गर्ने, फुल फुल्ने बेलादेखि नै बोटमा स्तरीकरण गरेर दाना ठूलो फलाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ । यहाँका किसानले अहिले फलिररहेको किबी भने स्थानीय बजारमै प्रतिकिलो रु तीनदेखि चार सयमा बिक्री गर्ने गरेका छन् ।

“एउटा बोटमा ५० किलोसम्म स्तरीय दाना फलाउन सकिँदो रहेछ”, वडाध्यक्ष विकले भने, “हामीले परिणाम पनि बढाउने र निर्यातका लागि बजारको व्यवस्था गर्ने योजनालाई अघि बढाएका छौँ ।” परम्परागत खेतीबाट फलफूल खेतीलाई व्यावसायिक बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि परीक्षण भइरहेको उत्पादनबाट किसान सन्तुष्ट रहेको उनकोे भनाइ छ ।

 

वि.सं.२०८० जेठ २४ बुधवार १३:५१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...