back

अस्थायी खम्बामा किबी जोगाउनै कठिन भएपछि पालिकाद्धारा स्थायी खम्बा अनुदान दिने

वि.सं.२०८० जेठ २४ बुधवार

249 

shares
NTC AD
Global IME AD

बलेवा । काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किबीका बिरुवा हुर्किरहेका छन् । चार वर्षअघि लगाएका बिरुवाले गत वर्षदेखि फल दिन थालेका हुन् ।

काठ र बाँसका अस्थायी खम्बामा हुर्किएका किबीका बिरुवाले पहिलो वर्ष फल्दा धान्न सकेनन् । गत वर्ष काठ र बाँसका खम्बा भाँचिएपछि बमबहादुरले फलामका खम्बाले बिरुवालाई आड दिने निधो गरे । उनले सोधखोज गर्दा फलामको खम्बा घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाए । अहिले बमबहादुर सिमेन्टको पक्की खम्बा बनाउने तयारीमा छन् ।

धम्जामा बमबहादुरलाई मात्रै यो समस्या परेको होइन । यहाँका अधिकांश किसानको पाखो बारीमा किबीका बिरुवा लगाइएका छन् । वनजङ्गल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन् । काठ र बाँसका खम्बा भाँचिन थालेपछि किसान मर्कामा छन् । “किबी लगाउँदा पक्की खम्बा नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै वर्ष फल्ने किबीलाई काठ र बाँसका खम्बा कामै नदिने रहेछन”, बमबहादुरले भने, “पक्की खम्बा नभए फेरिरहनुपर्ने रहेछ ।”

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ । व्यावसायिक रुपमा किबीखेती गर्ने किसानका लागि पक्की पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर विकले बताए । वडाले अबका तीन वर्षमा तीन हजार पाँच सय किबीका बिरुवाले फल दिनथाल्ने बताएको छ ।

“हाम्रो योजनाअनुसार चालु आर्थिक वर्षमै एक सय ८५ पक्की खम्बा किसानलाई अनुदानमा उपलब्ध गराउने कार्यक्रम छ”, वडाध्यक्ष विकले भने, “आवश्यकताअनुसार खम्बा उपलब्ध गराउँदै जान्छौँ ।” चिसो मौसम रहेको धम्जामा किबी र दाँते ओखर राम्रो फल्ने गरेको छ । किबी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यावसायिक खेतीमा लगाइने विकले बताए । अहिले पनि यहाँका किसानले किबीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन् ।

किबीको उत्पादन वृद्धिसँगै बजारीकरणको योजना वडासँग छ । फलको स्तरीकरण गर्ने, फुल फुल्ने बेलादेखि नै बोटमा स्तरीकरण गरेर दाना ठूलो फलाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ । यहाँका किसानले अहिले फलिररहेको किबी भने स्थानीय बजारमै प्रतिकिलो रु तीनदेखि चार सयमा बिक्री गर्ने गरेका छन् ।

“एउटा बोटमा ५० किलोसम्म स्तरीय दाना फलाउन सकिँदो रहेछ”, वडाध्यक्ष विकले भने, “हामीले परिणाम पनि बढाउने र निर्यातका लागि बजारको व्यवस्था गर्ने योजनालाई अघि बढाएका छौँ ।” परम्परागत खेतीबाट फलफूल खेतीलाई व्यावसायिक बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि परीक्षण भइरहेको उत्पादनबाट किसान सन्तुष्ट रहेको उनकोे भनाइ छ ।

 

वि.सं.२०८० जेठ २४ बुधवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...