back
CTIZAN AD

बजेटबारे सांसदहरुको मिश्रित प्रतिक्रिया, आज कस्ले के भने ?

वि.सं.२०८० जेठ २४ बुधवार

717 

shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका बारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तापक्षका सांसदहरुले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरुले भने आलोचना गरेका छन् ।

सांसद जगप्रसाद शर्माले बजेट यथार्थ नजिक भएर आएको, पुँजीगत खर्च वृद्धि गर्नेलगायत छ वटा उद्देश्य रहेको र प्राथमिकता क्रम निर्धारण भएकाले सकारात्मक रहेको बताए ।

समस्याको वस्तुनिष्ट पहिचान गर्दै राजस्व चुहावट नियन्त्रण गर्ने, काठ उत्पादन र निर्यात, जग्गा प्रशासनमा सुधार, वस्तुको आयात र निर्यातमा वृद्धि गर्ने, ठूला दुई छिमेकी देशसँगको सम्बन्ध सुधारलगायत विषयलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले साधारण खर्चको नियन्त्रण गर्न लिइएका नीति महत्वपूर्ण रहेको बताए ।

बजेट खर्च गर्ने समयसीमा नै निर्धारण गरिएको बताउँदै उनले वित्तीय प्रणालीमा सुधार, कानुन, नियम र नियमावलीमा सुधार, बोझिलो रहेका २० वटा सरकारी संस्था खारेजी, बजेट कार्यान्वयनको सुनिश्चितता गरेकाले बजेट महत्वपूर्ण रहेको सांसद शर्माको भनाइ छ ।

आर्थिक क्रान्ति र समृद्धिको पाँचवटा आधार तयार पार्न खोजेको जानकारी दिँदै सांसद शर्माले बजेट कार्यान्वयनलाई मुलुकको सफलतासँग जोडेको, उत्पादन साथमा अनुदान हातमा जस्ता नारासमेत अगाडि सारेको, धरातल टेकेका कारण बजेट मुलुकको यथार्थसङ्गत रहेको स्पष्ट पारे । ।

उनले संसद् विकास कोषका सम्बन्धमा गरिएको व्यवस्था गलत रहेको र त्यसले सांसदलाई वडा अध्यक्षको हैसियतमा पु¥याएकामा गुनासो गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा बजेट विनियोजन नभएका सांसद शर्माले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद इन्दुु कडरियाले आगामी आर्थिक वर्षको बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गरे । उनले स्रोत बिनाको बजेटले उद्देश्य प्राप्त गर्न नसक्ने, अस्वाभाविक ठूलो बजेटले जनअपेक्षा पूरा गर्न नसक्ने धारणा राखे ।

सांसद रमेशजङ्ग रायमाझीले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, राजस्व चुहावटमा लाग्न अनुरोध गर्दै बजेटलाई राम्रो निबन्ध भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गरे । उनले अर्थमन्त्रीले मुलुकको आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएकामा स्वागत गर्नुपर्ने र सकारात्मक भनेर टिप्पणी गर्नुपर्नेमा केवल विरोधका लागि विरोध गर्ने प्रवृत्ति पूर्णत गलत भएको बताए ।

सांसद डा विमला राई पौडेलले चालु आवमा राजस्व सङ्कलनमा कमी आएको, पुँजीगत खर्चको अवस्था उस्तै रहेको, वैदेशिक अनुदानको अवस्था कमजोर रहेको, निर्यातसमेत घटेको बताउँदै मुलुक आर्थिक मन्दीको दिशामा केन्द्रित रहेको बताए । आगामी आर्थिक वर्षको बजेटले समयलाई समात्न नसकेको भन्दै यसले केही गर्न नसक्ने आरोप लगाए ।

सांसद रामचन्द्र राईले आगामी आवको बजेटले दिगो विकासको गन्तव्य पहिल्याउन नसकेको, आर्थिक सङ्कट समाधानको योजना नभएको, आकार र क्षेत्र ठूलो भएकाले यथार्थपरक नभएको आरोप लगाए ।

सांसद प्रकाश पन्थले सार्वजनिक खर्चलाई न्यूनीकरण गर्ने, पुँजीगत खर्च बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासनको अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

बजेट कार्यान्वयन प्रक्रिया असारभित्रै सुरु गर्ने विषय बजेटमा प्रभावकारी व्यवस्था गरिएको उल्लेख गर्दै सांसदले सङ्घीयता कार्यान्वयन गर्नेतर्फ बजेट चुकेकामा सरकारको ध्यानाकर्षण गराऐ । सांसद उदयबहादुर बोहोराले बजेटले मुलुक समस्यामा रहेको स्पष्ट पारेकाले त्यसलाई समाधान गर्न लाग्नुपर्ने र दृष्टिकोणमा रहेको कमीकमजोरी सच्याउनुपर्ने बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सांसद मोहम्मद खालिदले बजेटले समावेशी र समानुपातिक प्रणालीका विषयमा चुकेको बताए । उनले दुग्ध विकास बोर्ड खारेज गर्न नहुने उल्लेख गरे । सांसद शेखरकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटले समयानुकूल विषयलाई समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै केही मानवीय त्रुटि देखिएकाले त्यसलाई सच्याउन आग्रह गरे । सांसद सिंहले बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।

 

वि.सं.२०८० जेठ २४ बुधवार १५:२८ मा प्रकाशित

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...