back
CTIZAN AD

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश, साइबर ब्यूरोबाट अनुसन्धान सुरु

वि.सं.२०८० जेठ २५ बिहीवार

858 

shares

काठमाडौँ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पु¥याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।

टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो ।

 

वि.सं.२०८० जेठ २५ बिहीवार १५:५१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...