back
CTIZAN AD

क्यालिफोर्नियाको लस एन्जल्समा नेपाल फेस्टिवल आयोजना हुँदै

वि.सं.२०८० जेठ २५ बिहीवार

1.9K 

shares

 अमेरिका । हामी नेपाली ग्लोबल अमेरिकाले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा नेपाल महोत्सवको आयोजना गर्न लागेको छ ।

आगामी जुन २५ का दिन आयोजना हुन लागेको उक्त फेस्टिवलको उद्धेश्य अमेरिकी तथा अन्य देशका पर्यटनको प्रचार–प्रसार तथा नेपाली उत्पादन विश्व बजारमा प्रबंधन गर्ने रहेको बताइएको छ ।

उक्त फेस्टिवल सफल बनाउन हामी नेपाली ग्लोबलका अन्तराष्ट्रिय अध्यक्ष अमृत लामा, अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी, क्यालिफोर्निया चाप्टरका अध्यक्ष मदन पाण्डे तथा समाजका क्रियाशील व्यक्तित्व सुबास शम्सेर भण्डारी, अशोक राज भण्डारी, अर्जुन पौडेल, मुना प्याकुरेल, भुवन पौडेल, जोसेप घले, सुनिता खत्री, धुब्र कुंवर, पारू के.सी, बिन्दु सापकोटा, बिष्णु के.सी, नवाँ तिवारी, गणेश भट्टराई, हेम बहादुर थकुल्ला, वबिन थापा, कृष्ण देवकोटा सहितको आयोजक समितिले महोत्सवलाई भव्य रुपमा सफल पार्न सशक्त भुमिका खेलिरहेका छन् ।

संस्थाका अन्तर्राष्ट्रिय उपाध्यक्ष टेक वाईवा लामाका अनुसार लसएन्जल्स स्थित हलिउडमा हुने यस बृहत महोत्सवमा सहभागिताको लागि नेपाल सरकार÷अन्तर्राष्ट्रिय नेपाली डायस्पोराका नेपालीहरुको साँझा संस्था एनआरएनए लगायत क्यालिफोर्नियाको विभिन्न संघ÷संस्थाहरुको प्रमुख एंव प्रतिनिधि र पत्रकारहरु लगायत सामाजिक अभियान्तहरुको समेत सहभागीता रहने बताइएको छ ।

नेपाल सरकारका पर्यटन सस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल मार्च फेष्टिवल सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने र उक्त कार्यक्रम कुनै राजनीतिक तथा धार्मिक रुपमा नभई विशुद्ध पर्यटन विकास तथा सामाजिक हितको लागि आयोजना हुने बताएको उपाध्यक्ष वाईबाले जानकारी दिए ।

बिश्वभर छरिएर रहेका राष्ट्रप्रेमी नेपाली राष्ट्रियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बुद्ध जन्मेको देश नेपाललाई बिश्वमाझ चिनाउन विभिन्न लिंग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथी उठेर कर्मजीवी नेपालीलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने संस्थाको मुल उद्देश्यका साथ संस्थागत रुपमा अगाडी बढिरहेको छ।

लसएन्जल्समा क्यालिफोर्नियाको विभिन्न संघसस्थाको आयोजनामा हुन गइरहेको नेपाली कला र संस्कृति पहिचान झल्किने गरि झाँकी सहितको विविध कार्यक्रम आयोजना हुन लागेको नेपाल फेस्टिबलमा अमेरिकावासी, सम्पूर्ण नेपाल र नेपाली भाषी अमेरिकन नेपाली तथा नेपाललाई माया गर्ने देशको राष्ट्रियतालाई चिनाउन र नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक नेपाल भित्राउनु पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले अयोजना गरिएको वताए ।

साथै उपाध्यक्ष वाईबाले क्यालिफोर्नियाको आसपासमा नेपाली समुदायलाई सहित डे–परेड शान्ती पथ यात्रा, यस कार्यक्रम सम्पूर्ण नेपाली समुदायलाई यसमा सहभागिता भैदिनुहुन समेत आव्हान गरिएको छ ।

यस्तो कार्यक्रम तालिका
मितिः २५ जुन, २०२३
समय ः दिनको १२ बजेदेखि ४ बजेसम्म
स्थानः होलिउड वाक अफ फेम क्यालिफोर्निया/लस्एन्जल्स

वि.सं.२०८० जेठ २५ बिहीवार १५:३० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...