Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सेना दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धमा बाल सेना दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गर्न आदेश गरेको छ । सर्वोच्च प्रशासनले दरपीठ गरेको रिटमाथि शुक्रबार सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश गरेको हो ।

जनयुद्धका बाल लडाकु भनिने लेलिन विष्टले प्रचण्डविरुद्ध जनयुद्धको क्रममा आफुहरुलाई प्रयोग गरिएको तर, पछि कुनै पनि व्यवस्थापन र वास्ता नगरेको आरोप लगाउँदै रिट दायर गरेका थिए । रिटमा विष्टले पूर्व अयोग्य लडाकुको रुपमा आफूहरु भौंतारिएर हिँडेको तर, माओवादी र सरकारबाट कुनै सहयोग नपाएको जिकिर गरेका छन् ।

विष्टले रिटमा बालसेनाको प्रयोग भएको र उनीहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने नत्र तत्कालिन माओवादीका सुप्रिम कमाण्डर प्रचण्डले जिम्मेवारी लिनुपर्ने दाबी रिटमा गरेका छन् ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक