back
CTIZAN AD

प्रचण्डले पशुपतिको दर्शन गरेपछि बाबुरामले भने–नयाँ ‘सांस्कृतिक क्रान्ति ?’

वि.सं.२०८० जेठ २८ आइतवार

822 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिको दर्शन गरेपछि उनका जनयुद्धका सारथी तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ ‘सांस्कृतिक क्रान्ति’ भनेर टिप्पणी गरेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले मध्यप्रदेशस्थित इन्दौर–उज्जैनमा रहेको महाकालेश्वरको दर्शन तथा पूजापाठ गरेको तस्बिर सार्वजनिक भएपछि निरन्तर आलोचनाका पात्र बनेका उनी शनिबार पशुपतिको दर्शन गरेपछि पुनः उनीमाथि प्रश्न उठेका छन् । त्यसोत उज्जैनमा महाकालेश्वरको दर्शन गर्ने तर आफ्नै देशमा रहेको संसारका हिन्दुहरुको सर्वोच्च आस्थाका रुपमा रहेका पशुपतिको दर्शन गर्न नगएको भन्दै संसदमै टिप्पणीको पात्र बनेका प्रचण्ड शनिबार केही मन्त्री तथा सहयोगीसँग पशुपति पुगेर दर्शन गरेपछि फेरि उनीमाथि विभिन्न कोणबाट टिप्पणीगर्न थालिएको छ ।

जसमा डा. भट्टराईले ट्विटरमार्फत् भनेका छन्,‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’?? एक्लै कोही कुनै धार्मिकस्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो । तर, जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपति क्षेत्रको निरिक्षण अवलोकन (तस्बिरसहित)

वि.सं.२०८० जेठ २८ आइतवार ०८:४९ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...