back
CTIZAN AD

पालिकाद्वारा गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाइ पौष्टिक आहार वितरण

वि.सं.२०८० जेठ २९ सोमवार

1K 

shares

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ ।

सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

“स्वास्थ्य संस्थामा गई चार, छ, आठ र नौ महिनामा गर्भ जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धि अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ”, उनले भने, “पालिकाभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छाँै ।”

चार पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यू र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ । पन्ध्र महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धि अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउँछन् ।

चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट एक सय २६ जना सुत्केरी र दुई सय जना गर्भवतीले यो सुविधा पाइसकेका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताए । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धैलागिरि गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षितरुपमा सुत्केरी हुने गरेका छन् । धौलागिरिको सातवटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।

यसैगरी धौलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दीर्घरोगीलाई घरदैलोमै औषधि उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण सङ्कलन भइरहेको छ”, उनले भने “विवरण सङ्कलन भएपछि गाउँपालिकाले औषधि खरिद गरेर दीर्घरोगीलाई उपलब्ध गराउँछाँै ।” यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन भएको छ । रासस

 

वि.सं.२०८० जेठ २९ सोमवार ०७:५२ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...