back
CTIZAN AD

सिविफिनद्वारा आर्थिक विधेयकका केही बुँदा खारेज गर्न माग

वि.सं.२०८० जेठ २९ सोमवार

777 

shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकको दफा २६, २७ र २९ तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । परिसंघले आइतबार विज्ञप्ति जारी गरेर ती बुँदाहरु तत्काल खारेज गर्न माग गरेको हो ।

आर्थिक विधेयकको दफा २६ को फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्था, दफा २७ को मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्था र दफा २९ को धितोपत्र जग्गा तथा घर जग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था तत्काल खारेज गर्न परिसंघले सरकार समक्ष माग गरेको हो ।

यी व्यवस्था लागू गरेमा अर्थतन्त्रमा गम्भीर असर पर्ने र अर्थतन्त्रको हालको आर्थिक मन्दीलाई झन् गहिराउने र समग्र अर्थतन्त्र नै धराशायी बनाउने देखिएकोले तत्काल खारेज गर्न सिविफिनले माग गरेको छ ।

वि.सं.२०८० जेठ २९ सोमवार ०८:२७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...