back
CTIZAN AD

सभामुखले उद्घाटन गरेको शैक्षिक मेला बालेनले बन्द गरिदिएपछि…

वि.सं.२०८० जेठ ३२ बिहीवार

921 

shares

काठमाडौं । बिहीबारदेखि भृकृटीमण्डमा सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले रोकिदिएको छ । मेला उद्घाटन भएको केही समयपछि महानगर प्रहरीले नियमसंगत नभएको भन्दै रोकिदिएको हो ।

महानगरको नगर प्रहरी उपरीक्षक मनोप्रसाद लामिछानेले बताएअनुसार मेला सञ्चालनका निम्ति स्थानीय तहसँग अनुमति नलिएको र कक्षा ११ र १२ को नतिजा नै नआई भर्ना लिएको भेटिएपछि मेला रोकिएको हो ।

 

शैक्षिक मेलाकाे उद्घाटन गर्दै सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ।

अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्थालाई लत्याउँदै मेला सञ्चालन भएपछि बाध्यकारीरुपमा मेला रोकिएको उनले बताए ।

“उहाँहरुले कानुनलाई उल्लंघन गर्दै मेला सञ्चालन गर्नुभएछ, कानुनी व्यवस्थाअनुसार कुनै पनि कक्षाको नतिजा नआई अग्रिम भनाई लिन पाइँदैन, तर उहाँहरुले भर्ना अभियान नै चलाउनुभएछ”, लामिछानेले संसार न्यूजसँगको कुराकानीमा भनेका छन्, “कानुन उल्लंघन गर्ने अधिकार कसैलाई हुन्न, महानगरभित्र कानुनविपरित हुने गतिविधि रोकेका छौं ।”

उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरि हिसानले बिहीबारदेखि शैक्षिक मेला आयोजना गरेको थियो । मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए ।

आइतबारसम्म सञ्चालन हुने भनिएको मेलामा ७५ भन्दा बढी स्टल राखिएका थिए ।

वि.सं.२०८० जेठ ३२ बिहीवार १६:३१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...