काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा सधै साथ दिएका क्रान्तिकारी बुद्धिजीवीहरु राष्ट्रिय मुद्दाहरुमा मौन बस्न नहुने बताईएको छ ।
काठमाण्डौको तारकेश्वरमा आयोजित बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बुद्धिजीवी संगठन बाग्मतीका नेता भरत गौतमले समाजवादी बाटोमा जाने बाँकी कार्यभार सहितको यात्रामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई सघाउन जरुरी भएको बताएका थिए । उनले सत्य अन्वेषण गर्दै क्रान्तिकारीहरुको एकतामा विशेष जोड दिएर, स्थानीय तथा राष्ट्रिय मुद्दाहरुको पहिचान र आवस्यक मुद्दाहरुलाई सहि समयमा उठान गर्ने कुरामा बुद्धिजीवीहरु निपुर्ण हुनुपर्ने बताएका थिए ।
अहिलेको समाजवादी मोर्चाको अवधारणा शक्ति सन्तुलन, प्रगतिशील रुपान्तरण र समाजवादी बाटोमा सकरात्मक स्टेप भएकाले त्यसलाई आधारभूत रुपमा र जगबाटै तर्क, वाद–प्रतिवाद सहित बहसलाई अघि बढाउन तथा आलोचनात्मक चेत सहितको रचनात्मक भुमिका पुरा गर्न जरुरी भएको बताएका थिए ।
कार्यक्रमममा बिशिष्ठ अतिथि रहेका कानुनविद् रेवतीराज त्रिपाठीले बुद्धिजीवीहरुले समय अनुसार चल्न सक्नुपर्ने बताउदै जनयुद्ध र जनआन्दोलनबाट भएका उपलब्धि संविधान, समावेशीता, धर्मनिरपेक्षता आदिलाई चौतर्फी आक्रमण भईरहेको बेला बुद्धिजीवीहरु त्यसको प्रतिवादका लागि सतिसाल भएर उभिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का संयोजक जनार्दनबाबु कटेल, तारकेश्वर नगर समितिका अध्यक्ष जगन्नाथ राजबाहक, नेपाल बुद्धिजीवी संगठन काठमाडौंका अध्यक्ष प्रा. डा. शिवशरण महर्जन, कोषाध्यक्ष भुवनेश्वर देवकोटा, कर्मचारी संगठनका पूर्वनेता गुमान सिहं के सी, समाजसेवी मिलन गिरी, बुद्धिजीवीका तारकेश्वर इन्चार्ज श्रीकान्त पाठक, रमेश लम्साल, संगठनका वाग्मती प्रदेश कमिटी सदस्य मनप्रसाद घिमिरे, प्राज्ञ प्रकाशबाबु तिवारी लगायतले बुद्धिजीवीहरुका बिबिध पक्ष सहित शुभकामना व्यक्त गरेका थिए ।
इश्वरीचन्द्र घिमिरको अध्यक्षता, राजेन्द्र बानियाको संचालन, हेमकुमार कोईरालाको स्वागत मंतब्य, इश्वरीचन्द्र घिमिरेको संक्षिप्त सांगठनिक प्रतिवेदन सहित सम्पन्न तारकेश्वर नगर समितिको दोस्रो भेलाले राजेन्द्र बानियाँ अध्यक्ष, रामप्रसाद न्यौपाने र हेमकुमार कोईराला उपाध्यक्ष, भवानी कुमार श्रेष्ठ सचिब, सविन तिवारी कोषाध्यक्ष, बिष्णु गिरी तथा सदस्यहरु राजकुमार श्रेष्ठ, वेद प्रसाद शर्मा, ओमकार सेरचन, हुकुम सिंह शाह, राजकुमार थापा, डण्ड प्रसाद पुडासैनी, हुतराज आचार्य लगायतलाई कार्यसमितिमा निर्वाचित गरेको छ ।
त्यसैगरी सल्लाहकारहरुमा रेवतीराज त्रिपाठी, रमेश लंसाल, प्रकाशबाबु तिवारी र कृष्णप्रसाद अधिकारी रहेका छन । निर्वाचितहरुलाई निवर्तमान अध्यक्ष इश्वरीचन्द्र घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
वि.सं.२०८० असार ३ आइतवार ०९:०० मा प्रकाशित






























