back
CTIZAN AD

सिन्धुलीमा घिमिरेबन्धुको अधिवेशन सम्पन्न

वि.सं.२०८० असार ३ आइतवार

1.4K 

shares

२०८० असार २ गते शनिबार घिमिरे बन्धु राष्ट्रिय प्रतिस्ठान सिन्धुली जिल्लाको प्रथम अधिवेशन सिन्धुली माडीमा सम्पन्न भयो ।

सिन्धुलीबाट प्रतिनिधि सभामा निर्वाचित माननीय सांसद श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका तृतिय उपाध्यक्ष्य मुकुन्दराज प्रकाश घिमिरे, सचिव अजय घिमिरे र केन्द्रीय सदस्य जगदिस्वर घिमिरेको बिशेष अतिथिसहित स्थानीय बन्धुबान्धवहरु सम्मिलित सो कार्यक्रममा नानी बाबु घिमिरेको अध्यक्ष्यतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन भयो ।

निर्वाचित बन्धुहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा केन्द्रबाट प्रकाशित पहिलो, दोश्रो स्मारिका बंशावली अभिलेख पुस्तिका, ब्रोसर र इतिहासले बिर्सिएका ब्यक्तित्वस् कुस्माखर घिमिरे नामक ग्रन्थ केन्द्रका तृतिय उपाध्यक्ष मुकुन्दराज प्रकाशबाट जिल्ला अध्यक्ष नानीबाबु घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमको महत्व र खाँचो बारेमा जानकारी गराउनु भएको थियो भने अन्य वक्ताहरुले प्रतिष्ठानको गतिविधि र क्रियाकलापहरूको बारेमा जानकारी माग गरेका थिए । केन्द्रीय सदस्य, सचिव र तृतिय उपाध्यक्षले वंशावली, कुलपूजा, केन्द्रका गतिविधि र २०८० मा प्रकाशित हुने स्मारिकाको बारेमा प्रकाश पारेका थिए।

अन्य जिल्लाहरुमा पनि बन्धु(बान्धवहरुको भेला गराई अधिवेशन गर्न पर्ने भए कार्यक्रम तय गरि अगाडि बढ्न जानकारी र अनुरोध । अन्य थप जानकारीको लागि ghimire.rastriyapratisthan@gmail.com मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०८० असार ३ आइतवार १७:०६ मा प्रकाशित

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...