back
CTIZAN AD

अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता

वि.सं.२०८० असार ५ मंगलवार

798 

shares

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलको दोस्रो ओभरमा करन केसीले लगातार दुई विकेट लिएका हुन् । केसीले ओपनर स्टेभन टेलर र सेइतेजा मुकम्मलाको विकेट लिए ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीच हालसम्म भएका छ एकदिवसीय खेलमा नेपालले तीन र अमेरिका दुई खेलमा विजयी भएका थिए भने एउटा खेल बराबरी भएको थियो ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता छ । समूह ‘ए’मा नेपालसहित जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स युएई र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख विकेटकिपर, रोहित पौडेल कप्तान, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी छन् ।

वि.सं.२०८० असार ५ मंगलवार १३:४७ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...