back
CTIZAN AD

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै

वि.सं.२०८० असार ७ बिहीवार

1.1K 

shares

नेपालगञ्ज । बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् ।

जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगञ्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य बन्द हुने जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डले जानकारी दिए । सरकारले प्रश्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णयसँगै जिल्लाका अतिरिक्त र इलाका हुलाक कार्यालय बन्द हुन लागेका हुन् ।

जिल्लाको नरैनापुर, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिकालगायतका सबै स्थानीय तहमा अतिरिक्त हुलाक कार्यालय र इलाका हुलाक कार्यालय रहेका थिए । ती कार्यालयबाट हुलाकमार्फत आउने चिट्ठीपत्र गाउँघरमा लैजाने काम भएको थियो । तर पछिल्लो समय प्रविधिमा भएको विकासले ती काम वीरलै हुँदै आएका छन् ।

“सरकारले औचित्य नदेखेर नै ती कार्यालय बन्द हुन लागेका हुन”, प्रमुख पाण्डले भने । उनले एक स्थानीय तहमा एक इलाका हुलाक रहने प्रबन्ध भएकोसमेत जानकारी दिए । विसं ३०३४ देखि अतिरिक्त हुलाक कार्यालयको सुरुआत भएको थियो । जिल्लामा करिब एक सय कर्मचारी रहेका थिए । साउनदेखि उनीहरुलाई सेवा, सुविधा दिएर घर पठाउने सरकारको योजना छ ।

त्यसैगरी हुलाक सेवा विभागले द्रुत हवाई डाँक सेवा सुरु गरेको सेवाग्राहीलाई जानकारी गराएको छ । निजी क्षेत्रका अन्य प्रतिस्पर्धी सेवाको तुलनामा उक्त सेवा सस्तो र भरपर्दो रहेकाले त्यसको प्रयोग गर्न हुलाक कार्यालयले आग्रह गरेको छ । “हुलाक सेवा अब नयाँ र सुधारिएको अवस्थामा प्रस्तुत हुने छ”, पाण्डले भने ।

हुलाक सेवा विभागले नेपालगञ्जमा बैंक तथा प्रशासन शाखामा कार्यरत कर्मचारीलाई डाँक सेवाका बारेमा जानकारी दिएको थियो । अन्य निजी क्षेत्रबाट डुकुमेन्ट पठाउदा रु १०० देखि रु १५० खर्च लाग्छ भने हुलाकबाट पठाउँदा रु ७० खर्च लाग्छ ।

 

वि.सं.२०८० असार ७ बिहीवार १०:५९ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...