back
CTIZAN AD

चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबनाउन अनुरोध

वि.सं.२०८० असार ७ बिहीवार

843 

shares

बेइजिङ । चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गरेका हुन् ।

सीमापार अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानूनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तरराष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो, माओले भने ।

विश्वका कुनै पनि देशसँग चीनको कानून प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय कानून कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्याक्त गरेका हुन् ।

सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ। अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढङ्गले गरेको छ। चीन यसको कडा विरोध गर्दछ,माओले भनेका हुन् ।

उनले अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तरराष्ट्रिय सङ्गठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि र अन्य अन्तरराष्ट्रिय सन्धिहरू अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि उनले अमेरिकाको ध्यानाकर्षण गरेका हुन् ।

रासस र सिन्ह्वा

वि.सं.२०८० असार ७ बिहीवार १५:०५ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...