काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबारको बजारमा १ लाख १० हजार पाँचसय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारको बजारमा ३ सय रुपैयाँले घटेर १ लाख १० हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०८० असार १० आइतवार १४:१५ मा प्रकाशित




























