back
CTIZAN AD

प्रचण्डकाे दाबी– पाँच वर्षसम्म गठबन्धन केही हुँदैन

वि.सं.२०८० असार ११ सोमवार

942 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्ष गठबन्धन केही नहुने बताएका छन्। धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अहिले कताकता यो सरकारको आयु कति ? भन्ने पनि मिडियामा हुने नहुने तपाईंहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा र मेरो लगातार गठबन्धनसँग भएका बैठकहरु, र प्रतिपक्षीसँग पनि भएका बैठकहरुका आधारमा म के भन्न सक्छु भने, पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। हेर्नुहोला ।’

१८ औं सताब्दीमा कार्ल मार्क्सले ‘समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ !’ भनेको स्मरण गर्दै प्रचण्डले हाल आफ्नो सरकार र गठबन्धनका बारेमा अरुले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जाने आफ्नो ध्यान रहेको उनको भनाइ थियो ।

उनले नेगेटिजम् प्रवृत्ति विकास भइरहेकाे भन्दै त्यस्ता विषयलार्इ वेवास्ता गर्दै आफूले राम्रो गर्दै जाने बताए ।

‘मानिसहरुले यो धेरै राम्रो भएको नरुचाउने, आजभोलि नेपालमा एउटा नकारात्मक मानसिकता हरेक कुरामा नेगेटिभ हेर्ने, पोजिटिभ हेर्नै नसक्ने त्यो प्रवृत्ति पनि देखिएको छ। मैले त्यसलाई भन्दा पनि आफ्नो ठाउँबाट आफूले राम्रो गर्दै जाने, जनताले त एकदिन फैसला गर्ने नै छन्। राम्रो गर्नेको पक्षमा जनमत बन्ने नै छ ढिलोछिटो भन्ने विश्वासका साथ म अगाडि बढेको छु’, उनले भने।

वि.सं.२०८० असार ११ सोमवार १६:४१ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...