काठमाडौं । सेयर बजारमा उत्साह कायमै देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकले बढोत्तरी भने कारोबार रकम पनि उच्च रह्यो । ११.६९ अंकले बढ्दै सेयर बजार २१२९.४२ को बिन्दुमा पुगेको छ ।
यसअघि जस्तै सोमबार पनि कारोबार रकम उच्च रह्यो । एक करोड १९ लाख तीन हजार ६८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको भयो ।
यसअघिका दिनमा जस्तै सोमबार पनि सिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्टिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम उच्च रह्यो । सोमबार सिवम् सिमेन्टको छ लाख ६७ हजार ७२९ कित्ता सेयर किनबेच भएको छ भने सोल्टी होटेलको पाँच लाख २० हजार ६८७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका २२५ कम्पनीमध्ये १२३ कम्पनीको मूल्य बढ्यो भने ९८ कम्पनीको मूल्यमा गिरावट आयो । चार कम्पनीको मूल्य भने स्थिर रह्यो ।
वि.सं.२०८० असार ११ सोमवार १६:०२ मा प्रकाशित




























