back
CTIZAN AD

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

वि.सं.२०८० असार ११ सोमवार

915 

shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक पदमा रहेर गैरकानुनी रुपमा (अकूत) सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले ढकालविरुद्ध १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बिगो दाबी गरेको छ। ढकालविरुद्ध बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।

ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४ साउन ३२ गतेदेखि उनले सम्पत्ति विवरण पेस गरेको २०७९ जेठ ३० गतेको अवधिसम्म ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ बराबर स्रोत खुलेको सम्पत्ति आयको रुपमा देखिएको अख्तियारले जनाएको छ।

तर, त्यस अवधिमा उनले ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिँदा १ करोड ४४ लाख बढी रुपैयाँको स्रोत खुलेको नदेखिएको अख्तियारले जनाएको छ।

 

वि.सं.२०८० असार ११ सोमवार १५:०९ मा प्रकाशित

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...