back
CTIZAN AD

तरकारी र फलफूल आयात कम गरिनेछ – मन्त्री महत

वि.सं.२०८० असार १७ आइतवार

606 

shares

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे । उनले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गरेका छन् ।

मन्त्री डा महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पारे । विपत् या भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिए अनुसार बजेट राखिएको उनले जानकारी गराए ।

विद्युतीय सवारी साधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने मन्त्री डा महतले बताए ।

वि.सं.२०८० असार १७ आइतवार १६:२७ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...