back
CTIZAN AD

आज असार २० गते बुधबार, हेर्नुहोस् राशिफल आज क–कसलाई छ त विशेष शुभ ?

वि.सं.२०८० असार २० बुधवार

1.4K 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधारोमा व्यापार गर्नुपर्ला। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिल्लो समयका लागि केही वस्तु त्याग्नुपर्ला।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल९अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

२०८० असार २० गते, बुधवार, (५ जुलाई २०२३)
उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८ब४१३५२१६४

तपाईको आज असार १९ गते मंगलबारको राशिफल भन्छ–यी पाँच राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८० असार २० बुधवार ०७:१९ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...