back
CTIZAN AD

नगरपालिकाद्वारा तीन सय कृषकलाई अनुदान वितरण

वि.सं.२०८० असार २३ शनिवार

807 

shares

मनहरी । मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो ।

दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई रू आठ लाख चार हजार चार सय २२ अनुदान वितरण गरेको गरिएको छ ।

नियमित रुपमा डेरीमार्फत दूध बिक्री गर्ने कृषकले बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्सद्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए । “डेरीमार्फत दूध बिक्री गर्ने ३३ जना कृषकले ९१ हजार ६३ लिटर दूध बिक्री गरेका थिए”, उनले भने, “सोही परिमाणका आधारमा रू एक लाख ५६ हजार नौ सय ७० वितरण गरिएको हो ।”

त्यस्तै नन्दकिश्वर डेरी प्रालिमार्फत ८५ कृषकले एक लाख तीन हजार चार सय ५८ लिटर दूध बिक्री गरेबापत रू एक लाख ७८ हजार तीन सय ३६, देवदर्शन निष्ठा डेरी उद्योगमार्फत एक सय ५३ कृषकले दुई लाख २६ हजार चार सय ९२ लिटर दूध बिक्री गरेबापत रू तीन लाख ९० हजार चार सय १७ र सुन्तलाबारी कृषि सहकारी संस्था लिमिटेडमार्फत २८ जना कृषकले २७ हजार ५९ लिटर दूध बिक्री गरेबापत रू ६६ हजार ६ सय ३३ वितरण गरिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ ।

शाखाका अनुसार गाईको दूधमा प्रतिलिटर रू एक रुपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर रू दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो । नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ ।

नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले प्रोत्साहन अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए । नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरुप गाईभैँसी पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

 

वि.सं.२०८० असार २३ शनिवार १५:१६ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...