back
CTIZAN AD

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

वि.सं.२०८० असार २३ शनिवार

702 

shares

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ ।

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ ।

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

 

वि.सं.२०८० असार २३ शनिवार १५:०३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...