अमेरिका । अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उद्धेश्यले हलिउड शहर लस एन्जल्समा नेपाल फेस्टिभल सम्पन्न गरिएको छ ।
हामी नेपाली ग्लोबलका केन्द्रीय सभापति अमृत लामाको उपस्थिति, संस्थाका अमेरिका च्याप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेतृत्व तथा केन्द्रीय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा नेपाल फेस्टिबल आयोजना गरिएको हो ।
कार्यक्रममा संस्थाका केन्द्रीय बरिष्ठउपाध्यक्ष तथा कलेज प्वाइन्ट सिभिक ट्याक्स्पेयर एशोशिएसनका अध्यक्ष, न्युयोर्क सिटिका मेयर एरिक एडम्सका एशिएन मामिला सल्लाहकार नवराज केसी, संस्थाका च्याप्टरका महासचिब सुमन थाम्सुहाङ, हेल्लो अमेरिकाका सम्पादक पत्रकार सम्राट कार्की, डाइरेक्टर किशोर सुब्बा, संस्थाका अमेरिका च्याप्टर सचिव सुर्य सिंखडा, कोषाध्यक्ष उमा तामाङ, न्युर्योक च्याप्टर सभापति ध्रुव कुँवर, लकेश थापा, स्थानीय राजनीति कर्मी लगायत धेरै देशका नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हलिउड शहरको व्यस्त सडकमा झण्डै २ माईल नेपाली पहिचान झल्किने गरि विविध भेषभुषामा सजिएर गैर आवासीय नेपालीले नेपाल फेस्टिबलमा सहभागिता जनाएका थिए भने सुबास भण्डारीले अतिथि सत्कार गरेका थिए ।
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्य रहेको नेपाल फेस्टिबलमा लोक तथा पन्चे वाजा, कुमारी, राधाकृष्ण, पञ्चकन्या लाखे तथा नेपाली परिकारको रुपमा मो.मो तथा चाउमिन प्रमुख आकर्षणको रुपमा देखिन्थ्यो । नेपाल तथा अमेरिकाको झण्डा फहराउँदैं हलिउडमा गरिएको नेपाल फेस्टिवल नेपालको पर्यटन प्रवद्र्वन र नेपाली उत्पादनको विश्व बजारिकरणमा टेवा पुगेको विश्वास आफूहरुले गरेको फेस्टिबलमा कन्भेनर तथा हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाईवा लामाले बताए ।
हलिउडको वाक एंड फर्म स्ट्रिटमा भएको नेपाल फेस्टिवल एनआरएनए क्यालिफोर्निया च्याप्टर, श्री पशुपतिनाथ फाउण्डेशन युएसए, नेपाल अमेरिका एकता समाज, फ्रेन्डस अफ नेपाल लस एन्जल्स, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, लस एन्जल्स च्याप्टर, नेपाली जनसंपर्क समिति लस एन्जल्स च्याप्टर, अमेरिका नेपाल चेम्बर अफ कमर्स, बौद्विक संसार शैक्षिक एकेडेमी, नेवाः अर्गनाइजेशन, सोकल च्याप्टर, वल्र्ड नेवाः अर्गनाइजेशन, क्यालिफोर्निया लस एन्जलस च्याप्टर, तामाङ सोसाइटी क्यालिफोर्निया च्याप्टर, मगर समुदाय क्यालिफोर्निया लस एन्जलस, बौद्ध समाज, लसएन्जल्स, एन.डब्लू.जी.यन सीए च्याप्टर लसएन्जल्स, एफ वन समूह, सोसाइटी अफ अमेरिकन नेपाली नर्स, क्यालिफोर्निया च्याप्टर, प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया च्याप्टर, ब्लड डोनर अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरका प्रतिनिधिहरुको विशेष सहभागिता रहेको थियो ।

त्यस्तै लस एन्जलस हिमालयन लायन्स क्लब सुदूरपश्चिम समाज क्यालिफोर्निया, वाइड जोन, क्यालिफोर्निया, उत्तरी नेपाली संघ क्यालिफोर्निया, नेपाली जनसंपर्क समिति उत्तरी क्यालिफोर्निया, सनी सगरमाथा समाज, एनएयफसीए डेविस, नेपाली सामुदायिक केन्द्र उत्तरी क्यालिफोर्निया, तामाङ कोअपरेसन सोसाइटी उत्तरी क्यालिफोर्निया, विश्व नेवा संगठन, अमेरिका उत्तरी क्यालिफोर्निया, बुद्ध नेपाल शान्ति प्रतिष्ठान, क्यालिफोर्निया शेर्पा संघ, तमु समाज आदिवासी जनजातिको महासंघ क्यालिफोर्निया, नेपाली संघ ग्लोबल कोअपरेसन उत्तरी क्यालिफोर्निया, हिमालयन फाउन्डेशन, किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया, नेपाली महिला ग्लोबल नेटवर्क, क्यालिफोर्निया मगर संघ रचनात्मक नेपाल युवा संगठन, मातृभूमि नेपाल बर्कले अन्नपूर्ण, बर्कले मकालु, बर्कले लालीगुरास, फ्रेमोन्ट सगरमाथा, सान फ्रान्सिस्को बुद्ध अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज उत्तरी क्यालिफोर्निया, काष्ठमण्डप लायन्स क्लब, सान्ता रोजा बिकल्प फाउन्डेशन, झी नेवा अर्गनाइजेशन उत्तरी क्यालिफोर्निया, अन्तर्देशीय साम्राज्य नेपाली कल्याणकारी समाज अमेरिका नेपाल समाज क्यालिफोर्निया लगायत सम्पूर्ण संघसस्थाको विशेष सहभागिता रहेको थियो ।
वि.सं.२०८० असार २४ आइतवार १२:२३ मा प्रकाशित




























