पाकिस्तानकी एक महिला भारतमा रहेका आफ्ना प्रेमिलाई भेट्न चार छोराछोरीसहित नेपालको बाटो हुँदै भारत पुगेको समाचार छ ।
पाकिस्तानकी सीमा गुलाम नामकी ती महिला आफ्ना प्रेमीाई भेट्न चार छोराछोरीसहित पाकिस्तान पुगेकी हुन् ।
सन् २०१९ मा अनलाइन पब्जी गेम खेल्दै गर्दा सीमा भारत ग्रेटर नोएडाको रबुपुरा निवासी सचिन मीनासँग प्रेममा परेकी थिइन्, तर यही प्रेमको बीचमा परिवार मात्र होइन दुई देशको सिमाना पनि रोकवाट थियो । त्यसकारण नै गुलामले नेपालको बाटो भएर भारत प्रवेश गरेकी थिइन् ।
तर सीमाले सामाजिक संजाल र फोनबाट आफ्नो प्रेम मात्र व्यक्त गरिनन् । उनले आफ्ना श्रीमान गुलाम हैदरलाई समेत छोडेर भारतमा आफ्नो प्रेमीसँग बस्ने निर्णय गरिन् र प्रेमले डोर्याएको कठिन यात्रा सुरु गरिन् ।
सीमाले गरिन् नेपालबाट ग्रेटर नोएडाको यात्रा
यो कथा नेपालको पर्यटक भिसाबाट सुरु भएको हो । बीबीसीका अनुसार भारतको भिसा नपाएपछि नेपालको पर्यटक भिसा लिएको प्रहरीलाई सीमाले बताइन् ।
उनी शारजाह हुँदै चैत १० गते नेपाल आएकी थिइन् । सचिन पनि भारतबाट सीमालाई भेटन नेपाल आएका थिए । दुवैले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको न्यू विनायक होटलमा सात दिन विताएका थिए ।
नेपालमा सातदिन सँगै बसेपछि सीमा पाकिस्तान फर्किइन् भने सचिन पनि भारत फर्किए । तर, पाकिस्तान फर्किएपछि चैनले बस्न नसकेकी सीमा त्यसको दुई महिनापछि फेरि पर्यटक भिसा लिएर नेपाल आइन् । यसपटक सीमाले आफ्ना चार सन्तानसँगै बोकेर आइन् । तर, दोस्रोपटक सचिन भारतबाट आएनन् ।
एफआइआरका अनुसार सीमाले भनिन्, ‘म काठमाडौंबाट मेरा चार छोराछोरी लिएर भ्यानमा पोखरा पुगेकी थिए । रात परेकाले त्यहाँ (पोखरामा नै) बसेँ र भोलिपल्ट पोखराबाट दिल्लीको लागि बस चढेँ ।’
पोखराबाट दिल्ली आउन सीमाले सृष्टि ट्राफिकको एसी डिलक्समा तीनवटा टिकट (सिट नम्बर ९,१०,११) बुक गरिन् । उनले बस चालकलाई प्रति टिकट पाँच हजारका दरले पन्ध्र हजार रुपैयाँ दिइन् । पोखराको सुनौली नाका (महाराजगञ्ज जिल्ला) उत्तर प्रदेश हुँदै आग्रा, नोएडा र त्यसपछि दिल्ली पुगिन् सीमा ।
भ्रमणका क्रममा सीमा हैदर लगातार सचिनसँग सम्पर्कमा थिइन् । एफआईआरका अनुसार १३ जुलाईको रात आफ्ना चार छोराछोरीसहित सीमा हैदर यमुना एक्सप्रेसवेमा फलिदा कट नजिकै झरिन्, जहाँ सचिन मीना उनीहरूलाई पर्खिरहेका थिए ।
यहाँबाट सचिनले सीमा र बच्चाहरूलाई ग्रेटर नोएडाको रबुपुराको अम्बेडकर मोहल्लामा लगे । यहाँ सचिनले गिर्जेश नामका व्यक्तिबाट कोठा भाडामा लिएका थिए । यो कोठाको भाडा प्रति महिना रु २५०० छ ।
बीबीसीसँग कुरा गर्दै घरधनी गिर्जेशले भने, ‘सचिन हाम्रो सहरका हुन् । उनी जेठ १३ गते चार–पाँच दिनअघि कोठा भाडामा लिएर आएका थिए । उनले अदालती विवाह गरेको र श्रीमती र छोराछोरीसहित कोठामा बस्ने बताएका थिए । हामीले आधार कार्ड र प्यान कार्ड लिएर उसलाई भाडामा कोठा दियौ ं।
सचिनसँग बिहे गर्ने सपना
सीमा र उनका छोराछोरी सचिनसँग रबुपुराको अम्बेडकर इलाकामा बस्न थाले । सचिन विगत तीन वर्षदेखि घरनजिकैको किराना पसलमा काम गर्दै आएका थिए, जहाँबाट उनी दिनमा प्रायः खाना खान आउँथे ।
सीमाका छिमेकीहरू भन्छन्, उनी धेरैजसो घरभित्रै बस्ने गर्दथिन् । उनको धर्म र नागरिकतामा कसैले शंका गरेनन् ।
घरधनी गिर्जेशकी श्रीमती भन्छिन्, ‘उनी फुल मेकअप गर्थिन्, टिका लगाउँथिन्, सिंदूर लगाउँथिन् । सारी पनि लगाउँथिन् । यसैबीच ईद पनि आयो तर उनले आफूमाथि शंका हुने कुन पनि काम गरिनन् ।
सबै राम्रै चलिरहेको थियो । एफआईआरका अनुसार सीमालाई कोठामा ल्याएको चार–पाँच दिनपछि सचिनले आफ्ना बुबा नेत्रपाललाई सबै कुरा बताए । यो सुनेर बुबाले सीमालाई भेट्ने इच्छा व्यक्त गरे, त्यसपछि सचिनले सीमालाई जंगलमा आफ्ना बुबासँग परिचय गराए ।
सीमाले बाबु नेत्रपाललाई सचिनसँग बस्ने र बिहे गर्ने कुरा बताइन् । जवाफमा उनले भने, ‘अब तिमी यहाँ आएकी छौ र तिमी पाकिस्तानबाट आएका हौ । तिम्रा छोराछोरीको जिउने तरिका पाकिस्तानको हो…यहाँको जिउने तरिका सिक्यौ भने हाम्रो छोरा सचिनसँग बिहे गराइदिनेछौं ।
सीमा–सचिन सँगै बसिरहेका छन् भन्ने कुरा बाबुलाई मात्र होइन छोरीलाई पनि थाहा थियो । घरधनी गिर्जेश भन्छन् कि बुबा र सचिनकी बहिनी पनि उनलाई भेट्न यही कोठामा आएका थिए र उनको लागि सारी ल्याएका थिए ।
सचिनका काका वीरबलले पनि यो कुराको पुष्टि गर्छन्, उनी भन्छन् कि ६ महिनाअघि सचिनले सीमाको बारेमा भनेका थिए तर उनको मनन गरे पनि मानेनन् ।
कसरी समातिए सीमा गुलाम हैदर ?
सीमा जतिसक्दो चाँडो सचिनसँग विवाह गर्न चाहन्थिन्, यसका लागि दुवैले वकिलसँग कुरा पनि गरेका थिए । एफआईआरका अनुसार सीमाले भनिन् कि जुन ३० मा सचिनका बुवा नेत्रपाल कोठामा आएर अदालती विवाहको लागि आग्रह गरिन् ।
सचिन पहिले नै बुलन्दशहर गएको र तिमी (सीमा) आफ्नो कागजपत्र लिएर बुलन्दशहरको अदालतमा जाने बताए ।
प्रहरीका अनुसार यसपछि सीमा आफ्ना चार छोराछोरीसहित बुलन्दशहर अदालत पुगिन्, जहाँ सीमा र बच्चाको राहदानी हेरेर वकिलले भने, ‘तिमी पाकिस्तानको हो । सचिनसँग बिहे गर्न मिल्दैन । त्यसपछि सीमा, सचिन र उनका बुबा रबुपुरा फर्किए ।
यहीँबाट कथा प्रहरीसम्म पु्गिसकेको थियो । फर्किएपछि सीमा र सचिन डराएका थिए, ‘अब यो कुरा प्रहरीलाई थाहा हुन्छ, हामी समातिन्छौं’ भनेर ।
असार ३० गते राति नै सीमा हैदरले आफ्ना छोराछोरीलाई साथमा लिएर सामान बोकेर रबुपुरा छोडिन् ।
भोलिपल्ट बिहान अर्थात जुलाई १ मा सचिन बिहान काम गर्न पसल गए तर केही समयपछि बिदा लिए ।
पसल मालिकले बीबीसीसँगको कुराकानीमा भने, “सचिन १ जुलाईमा बिहान करिब आठ बजे पसलमा आए तर त्यहाँ पुग्नेबित्तिकै उनले आफूलाई केही काम रहेको बताए र त्यहाँबाट गए ।’
घरधनीका अनुसार साउन १ गते नै सीमा र सचिनलाई खोज्दै प्रहरी उनीहरु बसेको भाडाको कोठामा पनि पुगेपनि कसैलाई भेट्न सकेन ।
एफआइआरका अनुसार साउन ३ गते राति करिब आठ बजेको सूचनामा रबुपुरा प्रहरी चौकीका प्रमुख सुधीर कुमार आफ्नो टोली लिएर गएका थिए । साउन १ गते बिहान १ बजे हरियाणाबाट प्रहरीले सचिनसहित सीमा र चार बालबालिकालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले सचिन मीना, उनका बुबा नेत्रपाल र सीमा गुलाम हैदरविरुद्ध विदेशी ऐन १९४६ को धारा १४ र भारतीय दण्ड संहिताको धारा १२०बी अन्तर्गत मुद्दा दर्ता गरेको छ।
शुक्रबार ७ जुलाईमा उत्तर प्रदेशको जेवर सिभिल अदालतले सीमा गुलाम हैदर र उनका प्रेमी सचिन मीनालाई राहत दिएको छ । अदालतले सर्तसहित जमानत दिएको छ, ठेगाना परिवर्तन गरेर देशबाहिर जान समेत रोक लगाएको छ ।बीबीसी
वि.सं.२०८० असार २४ आइतवार १५:०२ मा प्रकाशित






























