काठमाडौं । नेपाली दूतावास साउदी अरबले साउदीमा कार्यरत नेपालीहरुका लागि अनलाइन सेवा सुरु गरेको छ ।
दूतावासबाट प्रदान हुने सेवाहरू अनलाईन प्रणालीमार्फत लिन सकिने सम्बन्धी सूचना दूतावासले जारी गरेको छ ।
दूतावासले प्रदान गर्ने सेवालाई समसामयिक, सरल, छिटो, छरितो र प्रविधिमैत्री बनाउदै लैजाने उद्वेश्यले साउदी अरवमा रहेका नेपालीहरुले राहदानी नविकरण, श्रम सम्बन्धी कुनै समस्या वा गुनासोको संम्वोधन, श्रम स्वीकृतिको नविकरण, सामाजिक सुरक्षा कोषमा आवद्धता, राजदूतावासबाट प्रक्रिया गरिएका बहिर्गमन भिषाको बारेमा अद्यावधिक जानकारी, गैरकानूनी हैसियतमा रहेकाहरुको विवरण संकलन, लगायतका अन्य सेवाहरू सहजताका लागि अनलाईन प्रणाली प्रयोगमा ल्याएको दूतावासले जनाएको छ ।
त्यस्तै आफूलाई आवश्यक सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा राजदूतावासको सम्पर्क नम्वर ०११–४६१११०८ मा विहान ९ बजेदेखि वेलुका ५ बजेसम्म र ०११२८८३७९५ मा दिउसो ३ बजेदेखि वेलुका ५ बजेसम्म दूतावास खुल्ला रहेको समयमा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
वि.सं.२०८० असार २८ बिहीवार १२:२५ मा प्रकाशित






























