back
CTIZAN AD

तोडियो ब्याजदरको ‘कार्टेलिङ’ : अब बैंकहरुले स्वतन्त्ररुपमा ब्याज निर्धारण गर्न पाउने

वि.सं.२०८० असार २८ बिहीवार

861 

shares

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदरमा गर्दै आएको भद्र सहमति तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोड्दै बैंक आफैंले ब्याजदर निर्धारण गर्ने सहमति गरेको हो ।

पछिल्लो सहमतिसँगै ब्याजदर निर्धारणमा यसअघिदेखि चल्दै आएको कार्टेलिङको पनि अन्त्य भएको छ ।

हालसम्म बैंकर्सहरुको साझा संस्था बैंकर्स संघले बैंकहरुको ब्याजदर तय गर्दै आएको थियो । संघले तय गरेको कारण सबै वाणिज्य बैंकहरुको ब्याजदर उस्तै थियो ।

यसरी ब्याजदर मिलेर तय गर्ने गरेकोप्रति विभिन्न क्षेत्रबाट विरोध भइरहेको थियो ।

हालै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरमा भइरहेको कार्टेलिङ अन्त्य हुनुपर्ने बताएका थिए । खुल्ला अर्थतन्त्रको नीतिमा बैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र ब्याजदर निर्धारणको अधिकारसमेत बजारलाई छाडिनुपर्ने बताएका थिए ।

विगत केही समयदेखि नै उद्योगी तथा व्यवसायी पनि बैंकको ब्याजदरमा भएको कार्टेलिङको अन्त्य गरिनुपर्ने माग राख्दै आन्दोलनमा थिए । पछिल्लो निर्णयसँगै उक्त आन्दोलनको विषय पनि सम्बोधन भएको छ ।

वि.सं.२०८० असार २८ बिहीवार १२:३४ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...