back
CTIZAN AD

आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको १० लाख !

वि.सं.२०८० असार २८ बिहीवार

969 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाको धनगढीस्थित निजी घर मर्मत गर्न सुदूरपश्चिम सरकारले १० लाख बजेट बिनियोजन गरेको विषय निराधार रहेको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

केही अनलाइन सञ्चार माध्यममा राणाको निजी घर मर्मतका लागि प्रदेशले रकम छुट्याएको विषय आएपछि मन्त्रालयले खण्डन गरेको हो ।

मन्त्रालयका प्रवक्ता मोहन बहादुुर कुँवरले सार्वजनिक समाचार तथ्यहिन भएको बताए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाको सरकारी निवास मर्मतका लागि रकम छुट्याइएको हो ।

तर, मन्त्री देउवा आफ्नै निजी निवासमा रहीरहेको कारण उक्त बजेट खर्च नभएको कुँवरले जानकारी दिए ।

“सुदूरपश्चिम प्रदेश सरकारको आ.ब. २०८०/०८१ को बजेटमा यस मन्त्रालयको माननीय मन्त्रीज्यूको आवास भवन मर्मत तथा रंगरोगन गर्ने कार्यमा बिनियोजन गरिएको बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याइएको हो”, सार्वजनिक विज्ञप्ति भनिएको छ, “हालसम्म पनि माननीय मन्त्रीज्यू आफ्नै निजी निवासमा बसी आउनु भएको र मन्त्रालयबाट निवासका लागि कुनै पनि किसिमको सेवा सुविधा समेत नलिएको व्यहोरा जानकारी गराउँदछौं ।”

वि.सं.२०८० असार २८ बिहीवार १६:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...