back
CTIZAN AD

सर्बाधिक रनर सोम्पालको ७५ रनमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको टारगेट

वि.सं.२०८० असार २९ शुक्रवार

726 

shares

काठमाडौँ । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले पाकिस्तान ‘ए’ लाई ३७ ओभरमा १८० रनको टारगेट दिएको छ। कोलम्बो  स्थित कोलम्बो क्रिकेट कलबमा टस जितेर ब्याटिङ गरेको नेपाल १७९ रनमा सिमित भएको हो  ।

खेलको सुरुमा नै पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङ सामु नेपालको ब्याटिङ कम्जोर देखिएको थियो ।

नेपालले सुरूवाती १० विकेटमा नै महत्वपूर्ण ब्याटरहरू गुमाउन पर्यो । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले पहिलो ६ बलमा १ रन मात्र बनाएर आउट भए ।

त्यस्तै आसिफ शेखले १२ बलमा १२ रन बनाउँदा अर्जुन साउदले २० बलमा १७ रन बनाए  भने कप्तान रोहित पौडेल पनि ४ बलमा समान ४ रनमै आउट भए । भीम सार्की भने  ४ बलमा रनको खाता नै नखोली फर्किए ।

पवन सर्राफ पनि ४ बलमा १ रनमै आउट हुँदा कुसल मल्लले १८ बलमा १७ रन बनाएर आउट भए भने अर्का खेलाडी गुल्सन झा पनि १९ बल मा १३ रन बनाएर बेन्चमा फर्किए त्यस्तै  पर्तिस जि सी पनि २४ बलमा २६ रन बनाएर आउट भए ।

नेपालका लागि नवौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए भने ललित राजवंशीले १ रन थपे ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

केहि समय पछि नेपाल सामु पाकिस्तानले ब्याटिङ गर्ने छ।

यस प्रतियोगितामा एसियाली क्षेत्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै ‘ए’ टोली पठाउने गरेका छन् भने एसोसिएटबाट छनोट भएर आउने राष्ट्रले राष्ट्रिय टोली पठाउँदै आएको छ ।

वि.सं.२०८० असार २९ शुक्रवार १४:१३ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...