back
CTIZAN AD

संरक्षणको अभावमा खण्डहर बन्दै आदिकवि भानुभक्तको घर

वि.सं.२०८० असार २९ शुक्रवार

612 

shares

मिला दरै डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन ।

भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्न सकेको छैन ।

आदिकवि भानुभक्तको जन्मघरको संरक्षण गर्न सके यहाँ आउने साहित्यिक पर्यटकका लागि अध्ययनको केन्द्र बन्न सक्छ । कुनै सरकारको चासो नहुँदा भानुको घर खण्डहर बनेको हो । देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयवासी बताउँछन् ।

भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्याल, ढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु–४ सेपाबगैँचाका मीनबहादुर श्रेष्ठले बताए । उनले भने, “भानु पिछडिएको छ, भानुभक्तकै नाममा विभिन्न फाइदा लिने गरेको भए पनि यहाँको विकासका लागि कुनै पनि पहल भएको छैन, यहाँ आवतजावत गर्नका लागि सहज सडक निर्माण गर्न नसक्दा यहाँ आउने पर्यटक तथा स्थानीयलाई सकस भएको छ, तर सहज बनाउने कार्यतर्फ चासो पुगेको छैन ।”

यहाँको विकास आवश्यक भएकाले तुरुन्तै बजेट विनियोजन गरेर भानु घरसम्म पुग्ने सडक सहज बनाउनुपर्ने उनको भनाइ छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरे पनि राज्यले उनको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ । भानुभक्तको जन्मघर नजिकै बस्ने ८५ वर्षीय भ्याँगे सुनारले स्थानीयवासी जनप्रतिनिधिले संरक्षणका लागि पहल नगरेकाले अलपत्र परेको बताए ।

आदिकवि भानुभक्त चलचित्रमा अभिनय गरेर आफ्नो कलाकारिता अगाडि बढाएका दिलीप रायमाझीले भानुको जन्मस्थलमा केही अघि त्यहाँ पुग्दा भग्नावशेष परेको घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताए । भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको उनको बुझाइ छ ।

विसं २०५२ मा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेर आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका रूपमा नयाँ गठन भएको छ । समितिले विसं २०५५ मा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो ।

विसं २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि रु एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गरेका थिए । रामायण भवन तथा भानुको घरलाई संरक्षणमा टेवा दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौकी स्थापना गर्न माग राखेको भए पनि सुनुवाइ नभएको भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साबिक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले बताए ।

जङ्गलको बीचको खरको छानाको उक्त घर विसं २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । विसं २०७३ मा तत्कालीन मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गरेका थिए ।

रु ६८ लाखको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्क रानाभाटले जानकारी दिए ।

चुँदीरम्घाको प्राकृतिक सौन्दर्य नासिँदै गएको छ । भानुभक्तको सालिक लेउले ढाकेको छ । आदिकविसँग सम्बन्धित सम्पदा, वस्तु र भानु पुस्तकालयको संरक्षण भएको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन् ।

बिर्के टोपी घाँसी अभियानका अभियानकर्मी भानु–२ अम्बोटे निवासी यदुनाथ न्यौपानेले करोडौँमा बनेको रामायण भवन धमिराले खाने, भानुको घर पुनर्निर्माण नहुने र भानु जयन्तीमा मात्रै भानु टोपी लगाएर अर्थ नहुने बताए । भानुभक्त विसं १८७१ असार २९ गते चुँदीरम्घामा जन्मिएका थिए ।

 

वि.सं.२०८० असार २९ शुक्रवार १४:२७ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...