back
CTIZAN AD

हराउँदै ‘लुतो फाल्ने’ चलन बुढापाका भन्छन् : छैन नयाँ पुस्तामा चासो

वि.सं.२०८० साउन १ सोमवार

1K 

shares
ढोरपाटन । आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।
बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताए । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उनको भनाइ थियो ।
पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको पुनले बताए । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उनले बताए ।
यसरी तुलो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको पुनको भनाइ थियो । “पहिले–पहिले साउने सङ्क्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ, दिनभरी जङ्गल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडा जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैबारीमा फलिन्थ्यो, लुतो फाल्दा दुःख कष्ट आइ नलाग्ने, बालीनाली र वस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने रु”, उनले भने ।
पुनले हालसम्म आफूले लुतो फाल्दै आएको भन्दै सन्तानले यो चलन गर्ने हुन् कि होइनन् भन्ने चिन्ता लागेको बताए । उनले लुतो फाल्ने विधि कसैले सिक्न चासो नदिएकाले यो प्रचलन हराउँदै जाने चिन्ता थप बढेको बताए ।
स्थानीय प्रेम बुढा मगरले असारमा किसानले बारीमा रुज्दैँभिज्दैँ खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन तुलो फाल्ने चलन बसेको बताए । आज साँझ लुतो, दादलगायत रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको उनको भनाइ थियो ।
“हामी सानो हुँदा बाउबाजेले विभिन्न विधि÷पद्दति अपनाएर लुतो फाल्ने गर्थे, तर अहिले उहाँहरु हुनुहुन्न, उहाँहरुसँगै विस्तारै लुतो फाल्ने प्रचलन पनि हरायो”, मगरले भने, “हामीले पहिला सिकेनौँ अहिले केकसरी लुतो फाल्ने केही थाहा छैन ।”
गाउँघरमा लुतो फाल्ने प्रचलन कम भए पनि साउन महिनालाई महिलाले विशेष रुपमा मनाउन थालेका छन् । साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहेन्दी लगाउनुका साथै भगवान शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गर्दछन् ।
व्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने बढेसँगै यसले विकृतिसमेत भित्र्याएको बुढापाको गुनासो छ । 

वि.सं.२०८० साउन १ सोमवार १५:२२ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...