back
CTIZAN AD

सञ्चार उद्योगीहरुलाई श्रमजीवी पत्रकारकाे ऐना उपहार

वि.सं.२०८० साउन २ मंगलवार

792 

shares

काठमाडाैं । सञ्चार उद्योगीहरुबाट पीडित श्रमजीवी पत्रकार कर्मचारीले साहूहरुले आफ्नो मुहार हेरुन भन्दै ऐना उपहार दिने भएका छन् । उपहार दिने कार्यक्रमको सुरुवात भने यही साउन ८ गते कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहियालाई ऐना दिएर गरिने भएकाे छ ।

हाल सञ्चारलनमा रहेका कान्तिपुर मिडिया ग्रुपसहितका सञ्चार उद्यमीहरुले आफ्नो सञ्चार माध्यमा कार्यरत श्रमजीवी कर्मचारी र पत्रकारहरुलाई कानुनी प्रक्रियाभन्दा बाहिर गएर कटौती गर्ने नाममा बलजफ्ती अवकाश दिन थालेपछि श्रमजीवी पत्रकार संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघका अध्यक्ष जन्मदेव जैसीद्वारा मंगलबार जारी विज्ञप्तिमा मिडिया हाउस खासगरी कान्तिपुर मिडिया गु्रपअन्तर्गतका कान्तिपुर दैनिक, दि काठमान्डू पोस्ट, ईकान्तिपुर अनलाइन, कान्तिपुर टेलिभिजन, नारी मासिक, कान्तिपुर एफएममा कार्यरत श्रमजीवी पत्रकारलाई एक्लाएक्लै बोलाएर वा फोनमा जबर्जस्ती राजीनामा दिन लगाउने, राजीनामा दिन बाध्य पार्न अनावश्यक सरुवा गर्नेसम्मका हर्कत गरेको हुँदा आन्दोलनमा होमिन बाध्य पारेको बताइएको छ ।

कान्तिपुर मिडिया गु्रपले सम्मानित सर्वोच्च अदालत र श्रम अदालतले श्रमजीवीका पक्षमा गरेका कयौं फैसला कार्यान्वन्यन नगरेकोमा पनि संघले विरोध गरेको छ । श्रमजीवी कर्मचारी कामदारलाई नेपाल सरकारले निर्धारण गरेका तलब नदिने, उपदान र सेवा सुविधामा कटौती गर्ने, श्रमजीवीलाई अवकाशमा जान बाध्य पारिने व्यवस्थापनको रबैया तत्काल रोक्न खबरदारी उक्त विज्ञप्तिमा गरिएको छ ।

यस्तै व्यहोरा उल्लेख गरिएको ध्यानाकर्षणपत्र गत वैशाख २९ र असार ७ गते अल्टिमेटम पत्रसमेत संगठनले बुझाएको थियो । तर त्यसमाथि सुनुवाइ नगरी उल्टै देशभरका पुराना तथा लामो समयसम्म योगदान दिएका पत्रकार तथा श्रमजीवी कामदार कर्मचारीहरुलाई जबर्जस्ती राजीनामा दिन बाध्य र्पो र ऐनबमोजिमका सेवासुविधासमेत नदिने हर्कत दोहोर्याउने काम कान्तिपुर मिडिया गु्रपले गरेकोमा त्यहाँ कार्यरत श्रमजीवीहरुसमेत विभिन्न कार्यक्रमसाथ दोस्रो चरणको आन्दोलनमा छन् ।

कान्तिपुरलगायतका मिडिया उद्योगले पछिल्लो समय घाटाका नाममा ऐनले तोकेको उपदान र सेवा सुविधा नदिई खाली हात जबर्जस्ती सेवाबाट निकाल्ने, सञ्चारमाध्यम नै बन्द गर्ने हर्कत गर्दै आएका छन् । अर्कोतिर सम्मानित अदालतहरुले गरेको फैसलाको अवज्ञा गर्ने, वितरण विभागका श्रमजीवीहरुलाई प्वाइन्ट मर्ज गरेर कटौती गर्दै खाली हात गलहत्याउने कार्य भइरहेको छ ।

श्रमजीवी पत्रकार संघले मिडिया मासिकहरुबाट भए गरेका यस्ता कार्य तुरुन्त बन्द गर्नका लागि पटक पटक मौखिक र पत्रमार्फत आग्रह गर्दा बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनमा होमिन बाध्य भएको जनाएको छ । संघद्वारा जारी पत्रमा भनिएको छ, ‘हामीलाई कुनै हालतमा मिडिया उद्योगका यस्ता कार्य स्वीकार्य छैन ।’

व्यवस्थापकले पटकपटकको सहमति सम्झौता उल्लंघन गरेपछि कान्तिपुरस्थित प्रतिष्ठानस्तरीय ट्रेड युनियनहरुले उठाएका मुद्दा र आन्दोलनमा ऐक्यबद्धता एवं सक्रिय सहभागिता संगठनले जनाउँदै आएको पनि सो पत्रमा उल्लेख गरिएको छ ।

कान्तिपुर मिडिया ग्रुपले पछिल्लो हर्कतविरुद्ध जारी आन्दोलनमा सम्बन्धित सरोकारवाला, कान्तिपुर प्रतिष्ठानस्तरीय ट्रेड युनियनहरु, श्रमजीवीहरु, कान्तिपुरमा कार्यरत पत्रकार, मिडियाका ग्राहकहरु, विज्ञापनदाता, श्रोता, दर्शक सबैसँग सहभागिताका लागि आह्वान गरिएको छ ।

श्रमजीवी पत्रकार संघले जारी गरेको चरणवद्ध आन्दोलनका कार्यक्रम यसप्रकार रहेका छन्ः

१) सामाजिक सञ्जाललगायतबाट कान्तिपुर मिडिया ग्रुपको भण्डाफोर ।

२) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको निवास धुम्बाराही पिपलबोट (कामपना वडा नं.४) मा २०८० साउन ६ गते शनिबार धर्ना तथा प्लेकार्ड प्रदर्शन ।

३) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुर टिभीका सीइओ सम्भव शिरोहियालाई श्रावण ८ गते सोमबार ‘श्रमजीवीको श्रम लुट्ने अनुहार हेर’ भन्दै सिरोहिया निवास धुम्बाराही पुगेर ऐना उपहार दिने।

४) कैलाश सिरोहियाकै निवास नजिकै कामपना वडा नं. ४ का जनप्रतिनिधि र छिमेकीलाई बोलाएर अन्तरक्रिया ।

संघले चरणबद्ध आन्दोलनका कार्यक्रमबारे बोधाद्र्धस्वरुप प्रेस रजिष्ट्रारको कार्यालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति, प्रेस काउन्सिल, नेपाल, श्रम तथा रोजगार कार्यालय टेकु, महानगरीय प्रहरी वृत्त टेकु, कान्तिपुर मिडिया ग्रुपमा कार्यरत प्रतिष्ठानस्तरीय सम्पूर्ण ट्रेड युनियन संघ/संगठनहरुलाई जानकारी गराइएको छ ।

सम्बन्धित समाचार

कान्तिपुरमा आन्दोलन : कैलाश शिरोहियाको जालमा श्रमजीवी

वि.सं.२०८० साउन २ मंगलवार १३:५२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...