back
CTIZAN AD

दक्षिण कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

वि.सं.२०८० साउन २ मंगलवार

861 

shares

काठमाडाैं । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो ।

सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । गोन्जु र दक्षिण चुङचेओङ प्रान्तमँ छ सइ २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउन्टीमा छ सय १४ मिलिमिटर , सेजोङको मध्य शहरमा पाँच सय ८० मिलिमिटर र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा पाँच सय २२ मिलीमिटर वर्षा भएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ ।

तीन सय ५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ । एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । एजेन्सीबाट

वि.सं.२०८० साउन २ मंगलवार १३:४६ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...