
काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् । मंगलबार अभियानका अगुवाले पार्टी रूपान्तरणका लागि भन्दै देउवालाई २१ बुँदे प्रतिवेदन बुझाएका हुन् ।
पार्टी सभापति देउवाले प्रतिवेदन बुझ्न नमानेपछि उनीहरुले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत देउवालाई प्रतिवेदन बुझाएका हुन् ।
अभियानका एक नेता जगदीश्वर नरसिंह केसीले बताएअनुसार सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन बनाइएकाे हाे ।
प्रतिवेदनमा पार्टी सैद्धान्तिक र कार्यक्रमिकरूपले स्पष्ट हुनुपर्ने माग गरिएकाे छ । पार्टीभित्र सुशासन नभएकाे, भातृ संगठन भताभुङ पारिएकाे जस्ता समस्यामाथि प्रतिवेदनमा चर्चा गरिएकाे छ ।
यस्ताे छ प्रतिवेदनकाे पूर्णपाठ
वि.सं.२०८० साउन २ मंगलवार १३:३७ मा प्रकाशित