काठमाडौं । कान्तिपुरबाट प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरिएको छ ।
गत असार २३ गते शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा अभिनेता पल साहलाईसँग उक्त कार्यक्रमका होस्ट सन्दीप क्षेत्रीले अन्तरवार्ता लिएका थिए । अन्र्तवार्तापछि महिलाको स्वाभिमानमा आँच आउने कुरा गरिएको भन्दै सामाजिक संजालमा त्यसको विरोध भएपछि उक्त भिडियो संवाद समेत हटाइएको थियो ।
टेलिभिजनले बिहीबार एक सूचना जारी गर्दै उक्त कार्यक्रमको कार्यक्रमको उत्पादन र प्रसारण पूर्णरुपमा रोकिएको जानकारी दिएको छ ।
‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं,’ जारी सूचनामा भनिएको छ, ‘महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।’
वि.सं.२०८० साउन ४ बिहीवार १४:२४ मा प्रकाशित





























