back
CTIZAN AD

भेरी अस्पतालकाे १२ भेन्टिलेटर गोदाममै थन्किए

वि.सं.२०८० साउन ५ शुक्रवार

939 

shares

जानकी । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममा थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन् ।

भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा पारस पाण्डेले बताए । “भेन्टिलेटर अभावमा कोभिड–१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।” सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उनले बताए ।

अस्पतालसित बाँकी रहेका १३ भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा पाण्डेले बताए । “मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ”, उनले भने । छिनछिनमा बत्ती आउने जाने हुँदा भेन्टिलेटर बिग्रएका हुन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँले दैनिक छवटा भेन्टिलेटर सञ्चालनमा ल्याएको बताए । जनशक्ति र शय्या अभावले बिरामीलाई सेवा दिन नसकिएको उनकोे भनाइ छ । “प्रत्येक दिन ९० प्रतिशत शय्या भरिभराउ हुन्छन् । नयाँ बिरामीले शय्या पाउन कि पुराना निको हुनुपर्यो, कि सिफारिस भएर अन्यत्र जानुपर्ने हुन्छ ।”

डा चापागाईँले सघन रोगका बिरामीलाई मात्र आइसीयूमा राखेर उपचार गरिने जानकारी दिए । आइसीयूमा उपचाररत बिरामीलाई स्वास फेर्न गाह्रो भएपछि भेन्टिलेटरको आवश्यकता पर्छ । भेरी अस्पतालको आइसीयूमा १५ वटा मात्र बेड छन् ।

 

वि.सं.२०८० साउन ५ शुक्रवार ११:०१ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...