back
CTIZAN AD

सिसीक्यामेरा अपराध अनुसन्धानको सारथी

वि.सं.२०८० साउन ५ शुक्रवार

726 

shares

वलेबा । गत असार २५ गते बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिइन् । बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकैको जङ्गलमा बलात्कृत भएको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ ।

हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी गर्न थाल्यो । तर एकै दिनमा आरोपी फेला पर्नेमा प्रहरी ढुक्क थिएन । युवतीले बलात्कार गर्ने व्यक्ति युवा भएको बताएकी थिइन् । पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानको सारथी बन्यो मालढुङ्गामा जडान गरिएको सिसीक्यामेरा ।

मालढुङ्गा नजिकैको जङ्गल घटनास्थल भएकाले प्रहरीले त्यही क्षेत्रमा शङ्कास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका व्यक्ति त्यहाँबाट फरार भइसकेको भए पनि युवतीले दिएको सामान्य हुलियाका आधारमा सिसीक्यामेराको मद्दतमा आरोपी फेला परे । “शङ्कास्पद व्यक्तिबारे सिसीक्यामेराबाटै जानकारी लियौँँ”, प्रहरी निरीक्षक राजाराम खड्काले भने– “श्रव्यदृश्य र तस्बिरकै आधारमा हामी आरोपी नजिकै पुग्यौँ ।” गत असार २६ गते गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरका २८ वर्षीय विमल हमाल बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट पक्राउ परे ।

सुरुआतमा केरकार गर्दा आरोप अस्वीकार गरेका हमालले सिसीक्यामेराको श्रव्यदृश्य देखाएपछि अपराध स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले बताए । अहिले उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

प्रहरीलाई सिसीक्यामेराले सघाएको यो पहिलो घटना भने होइन । केही महिनाअघि बागलुङ नगरपालिका–१ माझीबस्तीकी फूलमाया माझीको हत्यामा संलग्नलाई पनि प्रहरीले सिसीक्यामेराकै मद्दतमा पक्राउ गरेको थियो । लामो समयपछि बागलुङ बजारभित्र सिसीक्यामेरा व्यवस्थापन गर्ने काम भएपछि अपराध अनुसन्धान र नियन्त्रणमा सहज भएको उनी बताउँछन् ।

बागलुङ नगरपालिका र उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा सिसीक्यामेरा जडान गर्न थालिएको हो । गत आर्थिक वर्षमा बागलुङ नगरपालिकाको रु १२ लाख अनुदान र उद्योग वाणिज्य सङ्घको रु तीन लाख ५० हजारको लागतमा बजार भित्रिने र बाहिरिने मुख्य नाका तथा मुख्य चोकमा १३ सिसीक्यामेरा जडान गरिएका छन् ।

चालु आर्थिक वर्षमा थप १४ सिसीक्यामेरा जडानका लागि काम भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । “बैंकले १४ क्यामेराका लागि सहयोग गरेको छ, छिट्टै काम सकिन्छ”, उनले भने । बागलुङ बजारमा एक सय ८६ सिसीक्यामेरा जडान गर्ने योजना छ । बागलुङ–१ मालढुङ्गाबाट वडा नं ४ को तिरुपति चोकसम्म रु १५ लाख खर्चेर फाइवर बिछ्याउने काम सकिएको कँडेलले बताए । बहुवर्षीय योजना भएकाले क्रमैसँग क्यामेरा जडान हुने उनले बताए ।

“प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाउनेदेखि फाइवर बिछ्याउनेसम्मका काम भइसकेका छन”, कँडेलले भने । बागलुङ बजारको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजारका विभिन्न चोकमा सिसीक्यामेरा जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसअघि बागलुङ बजारमा जडान भएका २९ सिसीक्यामेरा प्रयोगविहीन छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका सिसीक्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । बागलुङ–४ उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा सिसीक्यामेरा जडान गर्ने योजना छ ।

 

वि.सं.२०८० साउन ५ शुक्रवार १०:५२ मा प्रकाशित

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...