back
CTIZAN AD

नबिल बैंक थप ४ वटा शाखा विस्तार गर्दै

वि.सं.२०८० साउन ५ शुक्रवार

933 

shares

काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँमा शाखा कार्यालय संचालन गर्ने भएको छ । बैंकले कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।

बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको धरान उपमहानगरपालिका ८ बरगाछी, तेह्रथुमको म्याङलुङ नगरपालिका १ र दैलेखको दुल्लु नगरपालिका ७ मा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।

उक्त क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा आवश्यक रहेको बैंकले जनाएको छ । बैंकका अनुसार प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्लाको १ हजारदेखि २ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन हुनु पर्नेछ ।

बैंकले प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने  जनाएको छ ।

बैंकले भवनको भई तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।

वि.सं.२०८० साउन ५ शुक्रवार ११:०३ मा प्रकाशित

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, श्रावण १ देखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, श्रावण १ देखि पदभार ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४को अवसरमा गरिमा विकास बैंक...