काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (National Best Presented Annual Report Award (NBPA), 2022) बाट सम्मानित भएको छ ।
नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट South Asian Federation of Accountants (SAFA) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने (SAFA) का लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।
नेपालको एक अग्रणी बैंक मानिएको नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
वि.सं.२०८० साउन ६ शनिवार ०९:०२ मा प्रकाशित






























