back
CTIZAN AD

विदेशबाट फर्केर मादल उद्योग मार्फत वार्षिक तीनलाख भन्दा बढी आम्दानी गर्दै कमल

वि.सं.२०८० साउन ७ आइतवार

855 

shares

वालिङ । बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन्।

बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुगेका उनले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्किएका छन् । हाल उनले यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनाका साथ सक्रिय भएका छन् ।

“बुवासँगै मादल बनाउन सिक्दै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ”, उनले भने, “पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको हो ।”

राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गरेका गन्धर्वलाई नयाँ मादल बनाउने, मर्मत गर्नेलगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । रु चार लाख लगानीमा व्यवसाय सुरु गरेका गन्धर्वले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरेको बताए । नयाँ मादल बनाउनुकासाथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उनले आम्दानी गरेका छन् ।

“अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ”, उनले भने , “यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरु स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरालगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ । काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उनले बताए । मादलको आकारअनुसार रु एक हजार आठसयदेखि रु दुई हजार पाँचसयसम्ममा बिक्री हुन्छ । मागअनुसार काम गर्न कामदारको प्रयोग गर्दै आएका छन् ।

“विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ”, उनले भने, “विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्यौली पेसाबाट म सन्तुष्ट छु ।

वि.सं.२०८० साउन ७ आइतवार १६:४३ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...