back
CTIZAN AD

प्रकाश मानव अधिकार पुरस्कार खातुनलाई

वि.सं.२०८० साउन १० बुधवार

771 

shares

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ । इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया खातुनलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा यही साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा प्रदान गरिनेछ । उनलाई रु ५० हजारसहित सम्मान गर्न लागिएको हो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको सम्झनामा नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुरेयाको योगदानको स्मरण गर्दै उनकोे स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ । काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

यसअघि उक्त पुरस्कार वरिष्ठ पत्रकार स्व विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व दयावीरसिंह कङ्साकार, डा गौरीशङ्करलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जनालाई प्रदान गरिसकिएको छ ।

 

वि.सं.२०८० साउन १० बुधवार १३:०७ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...