काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकबाट एमालेले सरकारसँग तथ्यगत रिपोर्ट माग्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका नेता रघुजी पन्तले भने, “भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ ।” प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
वि.सं.२०८० साउन १० बुधवार १५:२३ मा प्रकाशित






























