back
CTIZAN AD

घट्यो सेयर बजार, कुन क्षेत्रका लगानीकर्तालाई कति घाटा ?

वि.सं.२०८० साउन १० बुधवार

747 

shares

काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार ८.११ अंकले घट्दै सेयर बजार २१५६.२० को बिन्दुमा ओर्लिएको छ ।

बुधबार घटेको बजारमा कारोबार रकम पनि यसअघिका दिनहरुमा भन्दा निकै कम भएको छ । ७३ लाख ९९ हजार ४७४ कित्ता किनबेच हुँदा बुधबार दुई अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै बीमा, होटेल, निर्माण र माइक्रो फाइनान्स क्षेत्रका कम्पनीको मूल्य गिरावट आयो । निर्जीबन बिमा क्षेत्रमा ८६.७२ अंकले गिरावट आउँदा होटल तथा पर्यटन क्षेत्रमा ८५.४२ अंकले गिरावट आयो ।

यस्तै, निर्माण तथा प्रोसेसिङ्ग क्षेत्रमा ४९.३५ अंकले घटेको छ भने लघुवित्त क्षेत्रमा ३०.९९ अंकले घट्यो । १३ क्षेत्रमध्ये १० क्षेत्रमा गिरावट आएको छ भने तीन क्षेत्रमा सामान्य बृद्धि छ ।

घटेको बजारमा पनि सबैभन्दा धेरै किसान लघुवित्त, ग्रिन डेभपलमेन्ट बैंक, बाराही हाइड्रोलगायतका लगानीकर्ताले फाइदा कमाए भने जाल्पा लघुवित्त, युनियन लाइफ, सिटिजन सामूहिक लगानीलगायतका कम्पनीको मूल्यमा उच्च गिरावट आयो ।

ठूलो रकमका गिरावटका बीच बुधबार एकल अंकले घट्दै गर्दा आगामी दिनमा केही बढोत्तरी हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

वि.सं.२०८० साउन १० बुधवार १५:३२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...