back
CTIZAN AD

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

वि.सं.२०८० साउन १० बुधवार

1.1K 

shares

काठमाडौँ  । सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णयको कार्यान्वयन नभएको पाइएको हो ।

मुख्यतः काठमाडौँको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोविखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायतका क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या देखिएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे महानगरले गरेको निर्णय कार्यान्वयनका लागि नगर प्रहरी लागिरहेको बताउछन् । “काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको छ, चाँडै समस्याको समाधान हुन्छ,” उनले भने ।

नगर प्रहरी प्रमुख पाण्डेले चक्रपथ क्षेत्रमा सञ्चालन भएका टिकट बुकिङ काउन्टरलाई महानगर प्रहरीले हटाउने काम सुरु गरिसकेको जानकारी दिएृ । “कोटेश्वरबाट पूर्वतर्फ चल्ने केही सवारी साधन महानगरपालिकाको स्वीकृत विना जडीबुटीमा पार्किङ स्थल बनाउन लागेको जानकारी महानगरपालिकालाई प्राप्त भएको छ, उक्त कार्यलाई महानगरपालिकाले तत्काल रोक्नेछ,” उनले सुनाए ।

यस्तै, सोही क्षेत्रको सडक वरपर रहेका टिकट काउन्टरलाई समेत चाँडो हटाउने उनले दाबी गरे । काठमाडौँ महानगरपालिकाभित्र सवारी साधन व्यवस्थित रुपमा सञ्चालन गर्न अवरोध गर्नेलाई महानगरपालिकाले कारबाही गर्ने उनकोे भनाइ छ ।

नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारी साधन सञ्चालन गर्नका लागि यातायात व्यवसायी, मजदुर सङ्घ, सङ्गठनको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले यसका लागि नयाँबसपार्कभित्र काउन्टरसमेत निर्माण गरिसकेको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरिसकेको बताए । “महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन अनिवार्यरुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लोत्सेले ६६ वटा टिकट बुकिङ काउन्टर थप गरिसकेको छ,” उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर काठमाडौँभित्र सार्वजनिक सवारी साधनलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवसायीहरु तयार रहेको बताउछन् । “व्यवसायी र सरकार दुवैलाई सहज हुने ढङ्गले सार्वजनिक सवारी साधन सञ्चालन हुनुपर्छ,” उनले भने ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमै समस्या हुने गरेको बताउछन् । “लामो तथा छोटो दूरीका सवारी साधन गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले काठमाडौँ भित्रको सवारी व्यवस्थापनलाई सहज बनाउने हामीले विश्वास लिएका छौँ,” उनले भने । प्रवक्ता भट्टले नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारी साधन सञ्चालन गर्नेबारे ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै १८ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार आठ सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

वि.सं.२०८० साउन १० बुधवार १६:२९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...