back
CTIZAN AD

सुन तस्करीको मुख्य नाइके लुकाउने काम नगरियोस्–राजेन्द्र लिङ्देन

वि.सं.२०८० साउन १० बुधवार

624 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करीको मुख्य नाइके लुकाउने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सुन तस्करी काण्डमा सरकारले भरिया समातेर सुन तस्करका नाइकेहरुलाई लुकाउने काम भएको आरोप लगाए ।

‘भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई संरक्षण दिने, जोगाउने काम नगरियोस्, सरकार त्यसको जरासम्म पुगोस् । केही मानिसहरुका नाम पनि अरु प्रकरणमा आएका छन् । सरकारले प्रक्रिया शसक्त ढंगले अगाडि बढाओस् । अहिले जुन ढंगले अनुसन्धानको नाममा झारा टार्ने काम भइरहेको छ । त्यसले जरासम्म पुगिदैन ।’

उनले सुन तस्करी प्रकरणका लागि विशेष छानविन आयोग बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरे ।

अध्यक्ष लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनिरहेको र सम्बन्धीत अन्य देशले सूचना र दवाव दिएपछि मात्र पक्राउ गर्ने काम भएको कुरा बाहिर आएको समेत बताए ।

वि.सं.२०८० साउन १० बुधवार १६:२३ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...