back
CTIZAN AD

ज्योति विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

वि.सं.२०८० साउन १२ शुक्रवार

693 

shares

काठमाडौं । ज्योति विकास बैंकले बैंकको १५औं वार्षिकोत्सवको अवसरमा देशभरीका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरु गरिएको बैंकले जनाएको छ ।

शारीरिक तवरले फरक बालबालिकाहरुका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । सो सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई ‘थ्रीडी पेइन्ट प्रोथेटिक’ हात प्रदान गर्नेछ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरे ।

यसैगरी फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट तथा संस्थाका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन् । वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवद्र्धनको लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ ।

धनगढी उप-महानगरपालिकासँगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवको अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकको वडा नं ५, ६ र ७ का सार्वजनिकस्थानहरुका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो ।

यसैगरी बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ग्राहक, कर्मचारी लगायत स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । करिब ७५ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए ।

वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपांग संरक्षण समाजसंगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सामाग्रीहरु प्रदान गरेको छ । बेसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामाग्रीहरु वितरण गरेको हो ।

 

वि.सं.२०८० साउन १२ शुक्रवार ०९:४५ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...