back
CTIZAN AD

सुनकाण्डमा नाम जोडिएपछि वर्षमान पुनले सारे छानबिन समिति बनाउने प्रस्ताव

वि.सं.२०८० साउन १५ सोमवार

1.3K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको संसदीय वा न्यायिक छानबिन समिति बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकमा सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम जोडेको भन्दै उनले सत्यतथ्य छानबिनको माग गरे । पुनले दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउँदै अरु पनि तयार हुनुपर्ने बताएका छन् ।

“अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाउँदा हुन्छ, यो प्रकरणको छानबिन हुनैपर्छ”, पुनले पदाधिकारी बैठकमा भनेका छन्, “हामी नेताहरू, हाम्रा आफन्तहरू वा ज-जसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।”

सय केजी सुन तस्करी प्रकरणमा आइतबार चिनियाँ मुलका बेल्जियमका नागरिक दावा छिरिङ्ग पक्राउ परेका थिए । पक्राउ परेका छिरिङ्गको राजनीतिक तहमा सम्बन्ध रहेको तथ्यहरु बाहिर आएका छन् । वर्षमान पुन, पूर्वराष्ट्रपति नन्दकिशोर पुनलगायतसँग सम्बन्ध रहेको विषय बाहिरिएका छन् । जसलाई पुनले पनि स्वीकार गरेका छन् ।

पार्टी पदाधिकारी बैठकमा नेता पुनले छिरिङ्गसँग आठ वर्ष अगाडि भेटघाट भएको बताएका छन् । तर, पक्राउ परेका छिरिङ्गसँग अन्य कुनै साइनो नभएको पुनको दाबी छ । आफ्नो नाम मुछिएपछि पुनले छानबिन समिति गठनको माग गरेका हुन् ।

वि.सं.२०८० साउन १५ सोमवार १३:०५ मा प्रकाशित

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना...

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा...

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...