back
CTIZAN AD

स्थानीयले भेट्न नपाएको गुनासो आएपछि महानगरप्रमुख दाहाल आफै पुग्निछन् टोल–टोलमा

वि.सं.२०८० साउन १५ सोमवार

717 

shares

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छीन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।

धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।

धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उनी स्वीकार गर्छन् यिनै गुनासा चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उनको हिँडाइसँगै भेटघाट सुरु हुन्छ । टोलटोलमा उनी बिहानी हिँडाइ (मर्निङ वाक) गछीन् । स्थानीयसँग भेट गर्छीन् ।

गुनासा एवं सुझाव सुन्छीन् र चालु आयोजनाको अनुगमन गर्छीन् । कतिपय स्थानीय उनीसँँगै हिड्ने गर्छन् । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमाउनी ुपगिसकेकी छन् । क्रमशः सबै वडामा पुग्ने उनको योजना छ ।

नियमित बिहानीको हिँडाइसँगै रहने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उनले जानकारी दिए । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ ।

भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिने गरेकी छन् । दाहालले भनिन्, “भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।” नगरवासीका गुनासा सुन्न, सुझाव लिन, उनीहरुसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको उनले बताइन् ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । त्यसो त उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि हुन् । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि उनलाई भेट्न आउने गरेका छन् ।

दाहालको आफ्नो दैनिकी निकै व्यस्ततामा बित्ने गर्दछ । बिहान उठेदेखि राती सुत्ने बेलासम्म उनी नगरवासीकै काममा व्यस्त हुने गर्छीन् । “जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु ।” दाहालले भनिन् ।

बिहान ब्युझिँदै गर्दा बज्ने फोनका घण्टी निदाउनु अघिसम्म बजिरहन्छन् । यो व्यस्तताका बावजुत नगरवासीलाई घरघरमा नै भेट्ने पछिल्लो दैनिकी उनको बनेको छ । बिहान ५ देखि बेलुका ८ बजेसम्मको समय उनले यस्तै कार्यका लागि छुट्याउँदै आएकी छन् ।रासस

वि.सं.२०८० साउन १५ सोमवार १३:१९ मा प्रकाशित

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना...

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा...

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...