back
CTIZAN AD

डेङ्गु रोगको असर दिनप्रति दिन बढ्दै, मोरङमा मात्र आठ सय भन्दा बढी सङ्क्रमित

वि.सं.२०८० साउन १५ सोमवार

591 

shares

मोरङ । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हँुदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।

यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् ।

मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए । उनले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिए ।

प्रमुख डा मेहताले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान सुरु गर्नाका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको बताए । कार्यालयले डेङ्गु सङ्क्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनाका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने रक्त किटहरु पालिकाको मागअनुसार पठाइसकिएको जनाएको छ ।

बिराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन डेङ्गुका बिरामीको उपचार भइरहेको छ । अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेङ्गुका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चन्द्रलाल झाले बताए ।

यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने भएकाले अविलम्ब चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनकोे सुझाव थियो । यो रोगबाट बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने छ ।

डेङ्गो सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नु पर्छ ।

 

वि.सं.२०८० साउन १५ सोमवार १३:२९ मा प्रकाशित

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना...

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा...

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...