back
CTIZAN AD

कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्सबीच सम्झौता

वि.सं.२०८० साउन १८ बिहीवार

1.5K 

shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र ईएमएफ माइक्रोफाइनान्स फन्डबीच सम्झौता भएको छ । सोही मागलाई मध्यनजर गर्दै कुमारी बैंकले इएमएफ माइक्रोफाइनान्स फन्ड, एजीएमभिके र लिइचेनस्टेनसँग व्यावसायिक ऋण सम्झौता गरेको हो ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ । ईएमएफ माइक्रोफाइनान्स फन्डसँगको सहकार्यमार्फत् कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तीकरण गर्ने लक्ष्य राखेको छ । जसले आर्थिक उन्नतिका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यसअघि कुमारी बैंकले महिला सशक्तीकरण ऋण र महिला स्वामित्व भएका एमएसएमइजलाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा एसए, एसआईसीएभी–एसआईएफसँग ईसीबी सफलतापूर्वक पूरा गरिसकेको छ । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०८० साउन १८ बिहीवार ११:०३ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...