back
CTIZAN AD

इतिहास झल्काउने हुड्केली नाच लोप हुदै

वि.सं.२०८० साउन १८ बिहीवार

1.8K 

shares

खलङ्गा । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो ।

सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली नाच संस्कृति ओझेल पर्दै गएको शैल्यशिखर–६ का ७१ वर्षीय वुद्ध लालसिंह खत्रीको गुनासो छ ।

हुड्के नाचका जानकार शैल्यशिखर–६ का देवराम दमाईँ नयाँ पुस्ताले नाचलाई अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको बताउँछन् । विभिन्न समुदायमा पुगेर हुड्के नाच देखाएवापत राम्रै आयआर्जन हुने गरेको भए पनि नयाँ पुस्तामा यसबारे रुचि हराउँदै जान थालेपछि संस्कृति नै लोप हुने चिन्ता भएको उनकोे बुझाइ छ ।

“विवाह र व्रतबन्ध होस् वा अन्य कुनै पर्वमा होस् हुड्के नाच देखाइन्थ्यो, हुड्केली नाच देखाएवापत अन्न र पैसा पाइन्थ्यो”, ६९ वर्षे हेमनती दमाईँले भने, “अचेल त यो नाचको माग नै हुन छाडेको छ ।”

सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक विधा मानिने यो नाच जोगाउन नयाँ पुस्तालाई यसबारे जागरुक गराउनुपर्ने हुड्केली नाचका कलाकार महेश दमाईँको बुझाइ छ । हुड्केली नाचमा प्रायः पुराना राजा–रजौटा, वीर–वीरङ्गना र देवी देवताका जीवन गाथा गाउने गरिन्छ ।

“पछिल्लो समय त हुड्केली नाच सङ्कटमै परिसक्यो । मनमा जाँगर, सीप कला हुँदा पनि साथ दिने मान्छे छैनन्”, सुरेश दमाईँले भने, “अहिले त कतैबाट निमन्त्रणा आइहाल्यो भने पनि सहयोगी जुटाउनै धौधौ हुन्छ भएकाले पनि जान मान्दैनन् ।”

उनका अनुसार नयाँ पुस्ताले न नाच सिक्न पनि खोज्दैनन् । “मैले बुबा र बाजेबाट हुड्केली नाच सिकेको हुँ, पहिले उनीहरुसगँै गाउँ–गाउँमा पुग्थे”, हरिराम दमाईँले भने, “अचेल युवाहरुमा यसबारे चासो कम छ, मौलिक संस्कृतिको संरक्षण आवश्यक छ ।”

 

वि.सं.२०८० साउन १८ बिहीवार १२:२४ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...